Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी

    राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी


    • बिहिवार, जेठ ६ २०७८

    • नेपाल वाइड


    राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा  विजयी
    विजयी खिमलाल देवकोटा

    काठमाण्डौ । वाग्मती प्रदेशको राष्ट्रिय सभा सदस्यमा खिमलाल देवकोटा विजयी हुनुभएको छ । हेटौँडामा आज भएको उपचुनावमा नेकपा एमालेका उमेदवार एवम् गृह मन्त्री रामबहादुर थापा बादललाई पछाडि पार्दै देवकोटा राष्ट्रिय सभा सदस्यमा विजयी हुनुभएको हो ।

    खिमलाल देवकाेटा पाँच हजार ८८ मतभार सहित विजयी हुनुभएकाे हाे । यस्तै रामबहादुर थापाले चार हजार १४ मतभार र कृष्णगाेपाल तामाङले एक सय ३२ मतभार प्राप्त गर्नुभएकाे हाे ।

    माओवादी केन्द्रले गृहमन्त्रीसमेत रहेका राष्ट्रियसभा सदस्य थापालाई दल त्यागको अभियोगमा कारबाही गरेकाले पद रिक्त भएपछि उपचुनाव भएकाे हो ।

    एमालेले आधिकारिक रुपमा थापालाई उम्मेदवार बनाए पनि झलनाथ खनाल र माधव नेपाल पक्षले उम्मेदवारी दर्ताको बेला देवकोटालाई समर्थन गरेको थियो ।

    सम्बन्धित समाचार