Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थ

    सर्वोच्च अदालत : निषेधाज्ञाभरि कर तिर्न ताकेता नगर्नू

    सर्वोच्च अदालत : निषेधाज्ञाभरि कर तिर्न ताकेता नगर्नू


    • बुधवार, जेठ ५ २०७८

    • नेपाल वाइड


    सर्वोच्च अदालत  : निषेधाज्ञाभरि कर तिर्न ताकेता नगर्नू
    फायल तस्बिर

    काठमाण्डाै । सर्वोच्च अदालतले निषेधाज्ञाको समयभर करदातालाई कर तिर्न ताकेता नगर्न सरकारको नाममा अन्तरिम आदेश जारी गरेको छ ।

    निषेधाज्ञाको समयमा पनि आन्तरिक राजस्व विभागले म्याद तोकेर कर तिर्न ताकेता गरेको भन्दै व्यवसायीका तर्फबाट सृजना अधिकारी र शैलेन्द्र उप्रेतीले रिट दायर गर्नुभएको थियो ।

    रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मीरा खड्काको एकल  इजलासले निषेधाज्ञा भरि कर असुलको सूचना जारी नगर्न र निषेधाज्ञा सकिए पछि बाटोको म्याद बाहेक एक महिना भित्र कर तिर्ने सूचना दिन सक्ने गरी अन्तरिम आदेश दिएको हो ।

    महामारीको अवस्थामा अहिले कर तिर्न सक्ने अवस्था नरहेको सर्वोच्चको आदेशमा उल्लेख छ । व्यवसायीलाई न्यायोचित सुविधा र सन्त्रासको वातावरणबाट मुक्त राख्नु सरकारको दायित्व भएको भन्दै सर्वोच्च अदालतले यसअघिका अदालतका नजिरसमेत हेर्दा निषेधाज्ञाभित्र कर तिर्न ताकेता गर्न उचित नहुने बताएको छ ।

    सरकारले अहिलेको अवस्थामा व्यवसायीलाई संरक्षणभन्दा पनि त्रसित गराउने कार्य गरेको देखिएकाले निषेधाज्ञामा कर नतिर्नेहरूलाई कुनै जरिबाना नतिराउन पनि आदेशमा उल्लेख छ । 

    सम्बन्धित समाचार