Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    जसले आफै संक्रमित भएको समाचार लेखे .....

    जसले आफै संक्रमित भएको समाचार लेखे .....


    • बुधवार, जेठ ५ २०७८

    • नेपाल वाइड


    जसले आफै संक्रमित भएको समाचार लेखे .....
    आफै संक्रमित भएको जानकारी दिने पत्रकार टिवन राईको समाचार ।

    खोटाङ । जेठ ५, नेपाल पत्रकार महासंघ खोटाङ शाखाका उपाध्यक्ष टिवन राईले मंगलबार रावाबेँसी गाउँपालिकामा १५ जना र हलेसी तुवाचुङ नगरपालिकामा ३ जनालाई कोभिड–१९ को संक्रमण भएको समाचार लेखे ।

    हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान घर भइ हलेसीबजारमा बसेर पत्रकारिता गरिरहेका उपाध्यक्ष राईले कोभिड–१९ को महामारी सुरु भएपछि विशेषगरी हलेसी तुवाचुङ नगरपालिकाभित्रको संक्रमणको अवस्थाका बारेमा निरन्तर समाचार लेख्दै आएका छन् ।

    हालसम्म अरु संक्रमित भएको समाचार लेख्दै आएका पत्रकार राईले बुधबार भने आफु आवद्ध अनलाईनमा आफै संक्रमित भएको समाचार लेखेका छन् ।

    ‘नेपाल पत्रकार महासंघ खोटाङका उपाध्यक्ष सहित हलेसी तुवाचुङ नगरपालिकाका दुई जनामा कोरोना संक्रमण पूष्टि’ शिर्षक समाचारमा १० जनाको एन्टीजेन परीक्षण गर्दा आफु सहित दुई जनालाई संक्रमण पूष्टि भएको उल्लेख गरेका छन् ।

    आफु संक्रमित भएको समाचार प्रकाशन लगत्तै उनलाई आफन्त तथा शुभेच्छुकले स्वास्थ्य लाभको कामना गरिरहेका छन् । संक्रमण पूष्टि भएपछि पत्रकार राई होमआइसोलेसनमा बसेका छन् । 

    सामान्य रुघाखोकी र टाउको दुख्ने समस्या भएपछि परीक्षण गराउँदा कोरोना पोजिटिभ देखिएको पत्रकार राईले बताए । ‘स्वास्थ्यमा अरु समस्या छैन । जेठ ३ गतेदेखि सामान्य रुघामार्गी र टाउको दुख्ने समस्या थियो ।

    चेक गराउँदा संक्रमण पूष्टि भयो,’ पत्रकार राईले भने, ‘स्वास्थ्यकर्मीले संक्रमणकाबेला स्वस्थ रहने विधि सिकाएर औषधि दिएको छ । अहिले परिवारबाट अलग भएर बसेको छु । होमआइसोलेसनबाटै समाचार लेखिरहने छु ।’

    खोटाङका १० स्थानीय तहमा करिब दुई सय संक्रमित हुँदा जिल्लाका तीन पत्रकार संक्रमित भएको नेपाल पत्रकार महासंघ खोटाङ शाखाका अध्यक्ष दिलीप खत्रीले बताए ।

    यसअघि पत्रकार महासंघका सचिव र रेडियो खोटाङका अध्यक्षलाई संक्रमण पूष्टि भएको थियो । आइसियूमा राखेर उपचार गरिएका महासंघका सचिव डिस्चार्ज भइसकेका छन् । उनलाई बिराटननगर भएकोबेला संक्रमण भएको थियो । रेडियो खोटाङका अध्यक्षलाई भने सामान्य समस्य मात्र देखिएको महासंघका अध्यक्ष खत्रीले बताए ।

    सम्बन्धित समाचार