Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    कोरोना संक्रमित ३ लाख २० हजारमा हेलीकोप्टर चार्टर गर्न बाध्य

    कोरोना संक्रमित ३ लाख २० हजारमा हेलीकोप्टर चार्टर गर्न बाध्य


    • बुधवार, जेठ ५ २०७८

    • नेपाल वाइड


    कोरोना संक्रमित ३ लाख २० हजारमा हेलीकोप्टर चार्टर गर्न बाध्य
    कोभिड–१९ बाट संक्रमितलाई लिन आएको ऐसेलुखर्क आएको हेलीकोप्टर । तस्बिर सौजन्य : निर्मला शर्मा

    खोटाङ । जेठ ५, खोटाङको ऐसेलुखर्कका गाउँपालिकाका एकै परिवारका तीन संक्रमित हेलीकोप्टर चार्टर गरेर काठ्माण्डौं गएका छन् । तीन संक्रमितमध्ये एक पुरुषलाई प्रेसरको समस्या समेत देखिएपछि प्राथमिक स्वास्थ्य केन्द्र ऐसेलुखर्कले रेफर गरे लगत्तै उनीहरु महंगो भाडा तिरेर बुधबार काठ्माण्डौं गएका हुन् ।

    थप उपचारका लागि ३ लाख २० हजारमा हेलीकोप्टर चार्टर गरेर संक्रमित काठ्माण्डौं गएको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । उनीहरुलाई गत बैसाख ३१ गते कोभिड–१९ को संक्रमण भएको पूष्टि भएको थियो ।

    संक्रमण पूष्टि भएका सोही परिवारका ७८ वर्षीय बृद्धको भने जेठ १ गते निधन भएको थियो । ‘संक्रमितको स्वास्थ्य अवस्था सामान्य नै थियो । पुरुषलाईचैं प्रेसरको समस्या पनि देखिए छ,’ गाउँपालिका अध्यक्ष निरौलाले भने, ‘अस्पताल जाने नै भएपछि सबैजना जाने सल्लाह अनुसार गएका हुन् । संक्रमितलाई बोक्ने हेलीकोप्टर पाउन भने सहज रहेनछ ।’

    ऐसेलुखर्क गाउँपालिकामा हालसम्म ३१ जनाको एन्टीजेन परिक्षण गर्दा १६ जनालाई संक्रमण पूष्टि भइसकेको छ । संक्रमितसँगको सम्पर्कमा पुगेका ८१ जनाको पिसिआर परीक्षणका लागि बुधबार नमूना संकलन गरेर काठ्माण्डौं पठाइएको स्वास्थ्य शाखाले जनाएको छ ।

    सम्बन्धित समाचार