Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    कोरोनाको उपचारमा प्रयोग हुने रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने

    कोरोनाको उपचारमा प्रयोग हुने रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने


    • बुधवार, जेठ ५ २०७८

    • नेपाल वाइड


    कोरोनाको उपचारमा प्रयोग हुने  रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने
    फायल तस्बिर

    काठामाडौं । कोभिड संक्रमितको उपचारमा प्रयोग हुने औषधि रेम्डिसिभिर अब नेपालमै उत्पादन गरिने भएको छ । नेपाल औषधि उत्पादन संघले नेपालमै उत्पादनका लागि औषधि व्यवस्था विभागको अनुमति पाइसकेको जनाएको छ । 

    रेम्डिसिभिर उत्पादनको अन्तिम प्रक्रियामा रहेको संघका महासचिव विप्लब अधिकारीले जानकारी दिए । नेपालमा यसको परीक्षण पास भइसकेको छ, छिट्टै उत्पादनको काम सुरु गर्दैछौँ  महासचिब अधिकारीले भने । नेपालमै यो औषधि उत्पादन हुने भएपछि कोभिड संक्रमितको उपचारमा सहज हुने विश्वास अधिकारीको छ ।

    यसअघि भारतबाट आयात गरिँदै आएको रेम्डिसिभिर आफ्नै देशमा संक्रमण उच्च भएपछि भारतले निर्यात बन्द गरेको थियो । वैशाख दोस्रो सातायता औषधि व्यवस्था विभागले बंगलादेशबाट रेम्डिसिभिर आयात गरी अस्पतालहरुमा वितरण गर्दै आएको छ ।

    अस्पतालमा भर्ना भएका संक्रमितका लागि भने चिकित्सकको सिफारिसमा आयातकर्ता कम्पनी आयान हेल्थकेयर कुपण्डोलबाट रेम्डिसिभिर बिक्री गर्ने व्यवस्था मिलाइएको छ ।

    सम्बन्धित समाचार