बुधवार, जेठ ५ २०७८
नेपाल वाइड
काठमाडौं । गायक किरण भुजेल र गायिका अस्मिता अधिकारीको स्वरमा रहेको 'सपना' बोलको गीत सार्वजनिक भएको छ । सार्वजनिक गीतमा अम्बिका गुरुङको शब्द तथा शंकर थापा 'स्माइल'को संगीत रहेको छ ।
रोमान्टिक शैलीमा तयार भएको गीतको भिडियोमा गायक भुजेल र मोडल उषा उप्रेती फिचर भएका छन् । भिडियोमा उनीहरु प्रेमिल देखिएका छन्। शान थापाको निर्देशनमा बनेको भिडियोमा राजिव समरले कोरीयोग्राफी गरेका छन् ।
बुद्ध थापाको छायांकन रहेको भिडियोका केही दृष्य सुरेश काफ्लेले ड्रोनबाट खिचेका छन् । भिडियोलाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर गरेका छन् । गीतको अडियो तथा भिडियो 'भावसागर इन्टरटेन्टमेन्ट'ले तयार गरेको हो ।
भिडियो....