Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    कांग्रेस नेता चौकबहादुर राईको निधन

    कांग्रेस नेता चौकबहादुर राईको निधन


    • मंगलवार, जेठ ४ २०७८

    • नेपाल वाइड


    कांग्रेस नेता चौकबहादुर राईको निधन
    स्वा.चौकबहादुर राई

    खोटाङ । जेठ ३, खोटाङका कांग्रेस नेता चौकबहादुर राईको निधन भएको छ । लोकतान्त्रिक विचार र आदर्शप्रति समर्पित हुँदै पार्टीभित्र इमान्दार, अनुशासित, निष्ठावान र गतिशील व्यक्तित्वको छवी बनाएका राईको मंगलबार बिहान ८६ वर्षको उमेरमा निधन भएको हो ।

    साकेला गाउँपालिका–३ खिदिमा निवासी राईको निधनमा नेपाली कांग्रेस क्षेत्र नम्बर २ ले विज्ञाप्तीमार्फत शोक व्यक्त गरेको छ । २०५४ सालको निर्वाचनमा कांग्रेसकातर्फबाट गाबिस अध्यक्षमा निर्वाचित राई २०७४ सालको स्थानीय तहको निर्वाचनमा वडाध्यक्षको उम्मेदवार बनेका थिए ।

    साकेला आधारभुत विद्यालयको २०५२ सालदेखि हालसम्म विव्यास अध्यक्ष अध्यक्ष रहेका राईको निधनले सिंगो कांग्रेसलाई अपूरणीय क्षति पुगेको कांग्रेसका क्षेत्रीय सभापति तिर्थराज भट्टराईले जारी गरेको विज्ञाप्तीमा उल्लेख छ ।

    राई १९९२ साल माघ १० गते जन्मिएका थिए । गाउँको सामाजिक तथा विकास निर्माणका सवालमा पनि उनको योगदान महत्वपूर्ण रहेको कांग्रेसले जनाएको छ ।

    सम्बन्धित समाचार