Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    प्रधानमन्त्री ओलीको शपथविरुद्ध आज सर्वोच्चमा सुनुवाइ हुदै

    प्रधानमन्त्री ओलीको शपथविरुद्ध आज सर्वोच्चमा सुनुवाइ हुदै


    • मंगलवार, जेठ ४ २०७८

    • नेपाल वाइड


    प्रधानमन्त्री ओलीको शपथविरुद्ध आज सर्वोच्चमा सुनुवाइ हुदै
    फायल तस्बिर

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार लिएको पद तथा गोपनियताको शपथविरुद्ध सर्वोच्च अदालतमा परेका चार वटा रिटको सुनुवाइ आज हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीबाट लिइएको शपथमा शब्द छुटाएको भन्दै उक्त शपथ बदरको माग गर्दै सोमबारसम्म सर्वोच्चमा चार वटा रिट परेका छन् ।

    अधिवक्ता चन्द्रकान्त ज्ञवाली र लोकेन्द्र वली, नवराज अधिकारी, सन्तोष भण्डारी, राजकुमार सुवाल समेतले दायर गरेका चार वटा छुट्टाछुट्टै रिट दर्ता भएका छन् । ती सबै रिटको आज पेशी हुने सर्वोच्चको रिट महाशाखा प्रमुख बाबुराम दाहालले जानकारी दिए ।

    रिटमा कानुन मै नभएको व्यहोरा पढेर प्रधानमन्त्री ओलीले लिएको शपथ बदर गरिपाऊँ, संघीय कानुन बनाएर शपथको व्यहोरा तोकिपाऊँ त्यतिन्जेल प्रधानमन्त्रीका रूपमा ओलीलाई कामकारबाही गर्नबाट रोकिपाऊँ र सात गैरसांसदलाई दोहोर्‍याएर गरिएको असंवैधानिक नियुक्ति खारेज गरि पाऊँ भन्ने उल्लेख छ ।

    त्यसबाहेक प्रधानमन्त्रीले ‘प्रतिज्ञा गर्छु’ भन्ने शब्दावली पढ्नुपर्दैन भन्दै लिएको शपथले राष्ट्रपति संस्था प्रति मानमर्दन भएको रिटमा भनिएको छ । यस्तै प्रधानमन्त्रीको शपथ र त्यसपछि प्रधानमन्त्रीले सात मन्त्रीको नियुक्ति विरूद्ध अधिवक्ता सन्तोष भण्डारीले पनि अर्को रिट पेश गरेका छन् ।

    प्रधानमन्त्री ओलीले शपथका क्रममा ‘मुलुक र जनताप्रति पूर्ण बफादार रही सत्य निष्ठापूर्वक यो प्रतिज्ञा गर्छु कि’ भनेर राष्ट्रपति विद्या भण्डारीले शपथ गराउँदा ओलीले ‘यो प्रतिज्ञा गर्छु कि’ भन्ने वाक्यांश छुटाएका थिए ।

    प्रधानमन्त्री ओलीले छुटाएको उक्त वाक्यांश राष्ट्रपति भण्डारीले दोहोर्‍याएकी थिइन् । ओलीले भने ‘यो पर्दैन’ भन्दै शपथग्रहण अगाडि बढाएका थिए ।

    सम्बन्धित समाचार