Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    स्वास्थ्य मन्त्रालय : विवाह, ब्रतबन्ध, उद्घाटन, भेलाले नै कोरोना संक्रमण फैलियो

    स्वास्थ्य मन्त्रालय : विवाह, ब्रतबन्ध, उद्घाटन, भेलाले नै कोरोना संक्रमण फैलियो


    • मंगलवार, जेठ ४ २०७८

    • नेपाल वाइड


    स्वास्थ्य मन्त्रालय : विवाह, ब्रतबन्ध, उद्घाटन, भेलाले नै कोरोना संक्रमण फैलियो
    फायल तस्बिर

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विवाह, ब्रतबन्ध, उद्घाटनभेलालगायत सार्वजनिक कार्यक्रमले गर्दा कोरोना संक्रमण नियन्त्रण हुन नसकेको जनाएको छ ।

    संक्रमण नियन्त्रणका लागि समाजमा भइरहेका यस्ता कार्यक्रम घटाउन र संक्रमितहरु समुदायमा सकेसम्म हिँडडुल नगर्न मन्त्रालयले आग्रह गरेको छ । 

    अध्ययनहरुले अझै पनि जनस्वास्थ्यका मापदण्डहरुको राम्ररी पालना नभइरहेको र निषेधाज्ञाको समयमा पनि मानिसहरुको आवतजावतमा ५९ प्रतिशत मात्रै कमी भइरहेको पाइएको छ,” स्वास्थ्य मन्त्रालयको विज्ञप्ति जारी गर्दै भनेको छ, “महामारीको संक्रमणको रोकथाम नियन्त्रण मात्रै सबैभन्दा प्रभावकारी हुने भएकोले वैशाख ६ गतेको नेपाल सरकार (मन्त्रिपरिषद)को आदेश अनुसार जिम्मेवार निकायहरुबाट तोकिए अनुसार भूमिकाहरु बढाउनपर्ने भएको छ ।”

    मन्त्रालयले संक्रमणको अवस्था अझै केही हप्ता चुनौतीपूर्ण हुने बताएको छ । निषेधाज्ञाका बाबजुद संक्रमण जति घट्नुपर्ने हो, त्यति नघटेको भन्दै अब केही हप्ता संयमित हुन सबैलाई मन्त्रालयले अनुरोध गरेको छ ।

    “हाल विश्वको अनुभवलाई हेर्ने हो भने उपचार केन्द्रित भएर लागेका देशहरुभन्दा रोकथाममा लागेका देशहरुले मात्रै सफलता पाएका छन् । त्यसैले कोभिड–१९ को संक्रमण फैलिन नदिनु धेरै बुद्धिमानी देखिन्छ,” मन्त्रालयले भनेको छ । 

    “जसका लागि व्यक्ति, नागरिक समाज, संघ संस्था, गैरसरकारी क्षेत्र सबै सरकारसंग हातेमालो गरि अघि बढनु आवश्यक छ । यो महामारीमा भाइरस विरुद्धको युद्ध स्वास्थ्य तथा जनसंख्या मन्त्रालय एक्लैको युद्ध होइन ।”

    संक्रमण रोकथामका लागि अन्य मन्त्रालयहरु, प्रदेश र स्थानीय तह सबै सरकारी निकायहरुको पनि उतिकै महत्वपूर्ण भूमिका रहने स्वास्थ्य मन्त्रालयको भनाइ छ । 

     

    सम्बन्धित समाचार