Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    दाङमा सहकारीद्वारा कोरोना उपचार गर्न ऋण उपलब्ध गराउदै

    दाङमा सहकारीद्वारा कोरोना उपचार गर्न ऋण उपलब्ध गराउदै


    • सोमवार, जेठ ३ २०७८

    • नेपाल वाइड


    दाङमा सहकारीद्वारा कोरोना उपचार गर्न ऋण उपलब्ध गराउदै
    दाङ

    काठमाडौं । दाङको कलश बचत तथा ऋण सहकारी संस्था लिमिटेडले कोराना सङ्क्रमण पुष्टि भएका आफ्ना सदस्यहरुलाई उपचार ऋण र स्वास्थ्य तथा पौष्टिक खाद्य वस्तुहरु सहयोग गर्न शुरु गरेको छ ।

    घोराहीमा रहेको सहकारीले काेराेना संक्रमित सदस्यहरुको औषधि उपचारका लागि दुई महिनासम्म ब्याज नलिने गरी एक लाख रुपैयाँसम्म ऋण उपलब्ध गराउनुको साथै चार हजार मूल्य बराबरको स्वास्थ्य तथा पोषणयुक्त खानेकुरा उपलब्ध गराउन थालेको संस्थाका अध्यक्ष बालचन्द्र शर्माले जानकारी दिनुभयो ।

    यसैबीच अक्सिजनको अभाव भएपछि दाङमा नागरिक स्तरबाट अक्सिजन बैंकको अभियान थालिएको छ । अस्पतालले अक्सिजन अभावका कारण थप बिरामी भर्ना गर्न नसकिने बताउन थालेपछि नागरिकले स्वस्फूर्त रुपमा रकम संकलन गरि अक्सिजन आपूर्ति गर्न थालेका हुन् ।

    सम्बन्धित समाचार