Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    यूवा संघद्वारा सुरक्षार्मीलाई माक्स तथा सेनिटाइजर वितरण

    यूवा संघद्वारा सुरक्षार्मीलाई माक्स तथा सेनिटाइजर वितरण


    • आइतवार, जेठ २ २०७८

    • नेपाल वाइड


    यूवा संघद्वारा सुरक्षार्मीलाई माक्स तथा सेनिटाइजर वितरण
    यूवा संघ नेपाल धरान नगर समिति सुरक्षाकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गर्दै

    धरान । यूवा संघ नेपाल धरान नगर समितिले कोरोना महामारीमा फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीहरुलाई माक्स तथा सेनिटाइजर वितरण गरेको छ । संघले स्थापना दिवशको अवसर पारेर सुरक्षार्मीहरुलाई उक्त सामग्री वितरण गरेको हो ।

    सुरक्षाकर्मीहरुलाई १२ सय ५० थान माक्स, १ सय २३ थान फेससिल्ड र २० लिटर सेनिटाइजर वितरण गरिएको संघका नगर अध्यक्ष भवानी दाहालले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय धरानलाई ६ सय थान माक्स, ५० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर प्रदान गरेको छ ।

    यस्तै, सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३ सय २० थान माक्स, ३२ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर, जिल्ला ट्राफिक प्रहरी कार्यालय सुनसरीलाई २ सय ३० माक्स, २३ थान फेससिल्ड र ५ लिटर सेनिटाइजर वितरण गरेको छ ।

    यस्तै, वडा प्रहरी कार्यलय धरान र अस्थायी प्रहरी चौकी धरान १५ लाई समेत माक्स तथा सेनिटाइजर वितरण गरिएको छ । वडा प्रहरी कार्यलय धरानलाई १ सय माक्स, १० थान फेससिल्ड र ५ लिटर सेनिटाइजर वितरण गरिएको छ भने अस्थायी प्रहरी कार्यालय धरान १५ लाई ८ थान फेससिल्ड र ८ थान सेनिटाइजर वितरण गरिएको संघले जनाएको छ ।

    सम्बन्धित समाचार