Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    साकेला गाउँपालिका : थप हप्ता दिनका लागि सिल

    साकेला गाउँपालिका : थप हप्ता दिनका लागि सिल

    पालिकाभित्र भिडभाडका बिचमा हुने भोजभतेर, समिक्षा, गोष्ठी, तालिम नगर्न/नगराउन अनुरोध

    • आइतवार, जेठ २ २०७८

    • नेपाल वाइड


    साकेला गाउँपालिका : थप हप्ता दिनका लागि सिल
    साकेला गाउँपालिका

    खोटाङ । जेठ २, कोभिड–१९ को संक्रमण दर तिब्र गतिमा बढिरहेको भन्दै खोटाङको साकेला गाउँपालिकालाई थप हप्ता दिनका लागि सिल गरिएको छ ।

    कोभिड–१९ बाट संक्रमित भेटिएपछि कोभिड संकट व्यवस्थापन समितिको गत बैसाख २५ गते बसेको बैठकको निर्णय अनुसार हप्ता दिनका लागि सिल गरिएको गाउँपालिकालाई पुःन आइतबारदेखि लागू हुनेगरी थप हप्ता दिनका लागि पूर्णरुपमा सिल गरिएको हो ।

    कोभिड–१९ को संक्रमण दर तिब्र गतिमा फैलिरहेको पाइएकाले गाउँपालिकाभित्र आवत–जावत गर्न नपाउने गरी गाउँपालिका पूर्णरुपमा सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । सिल गरिएसँगै साकेला गाउँपालिकामा पालिका प्रवेश गर्न र बाहिरिनमा कडाई गरिएको छ ।

    गाउँपालिकाका अध्यक्ष अर्जुनकुमार खड्काले जारी गरेको सूचनामा आइतबारदेखि नै आफ्नो कार्यालयको आन्तरिक, प्रशासनिक कामकाज र अत्यावश्यक सेवा बाहेक अन्य सेवा प्रवाह बन्द गरिएको जनाइएको छ ।

    यस अघिको हप्ता दिन कार्यालयबाट अघोषित रुपमा सेवा प्रवाहलाई बन्द गरिएकामा आइतबारदेखि भने घोषणा गरेरै अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए । गाउँपालिकाले यस अवधिमा पालिकाभित्र भिडभाडका बिचमा हुने भोजभतेर, समिक्षा, गोष्ठी, तालिम नगर्न/नगराउन अनुरोध गरेको छ ।

    सम्बन्धित समाचार