Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    हलेसी तुवाचुङ नगरमा अत्यावश्यक बाहेकका सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द

    हलेसी तुवाचुङ नगरमा अत्यावश्यक बाहेकका सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द

    हलेसीमा संक्रमितको सदगद गर्ने विधि र स्थान निर्धारण

    • आइतवार, जेठ २ २०७८

    • नेपाल वाइड


    हलेसी तुवाचुङ नगरमा अत्यावश्यक बाहेकका सेवा अर्को व्यवस्था नभएसम्मका लागि बन्द
    आइसोलेसन सेन्टर बनाइएको हलेसीस्थित रोयल होटल ।

    खोटाङ । जेठ २, खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरपालिका, वडा कार्यालय एबं सेवा केन्द्रबाट प्रवाह हुँदै आएको सेवा प्रवाह अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरेको छ ।

    नयाँ भेरियन्ट सहितको कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई मध्यनजर गर्दै गत बैसाख २० गतेदेखि स्वास्थ्य संस्था बाहेकका सबै सरकारी कार्यालयको सेवा बन्द गरेको नगरपालिकाले पुःन अर्को सूचना जारी नभएसम्मका लागि अत्यावश्यक बाहेकका कार्यालयीय सेवा बन्द गर्ने अवधि थप गर्ने निर्णय गरेको हो ।

    नगरपालिकाका प्रशासन शाखाका कर्मचारी, सुरक्षागार्ड लगायत चार जनालाई संक्रमण पूष्टि भएपछि आइतबारदेखि लागू हुनेगरी नगरपालिका र नगरपालिकाभित्रका ११ वडा कार्यालय, सेवा केन्द्र लगायतको अत्यावश्यक बाहेकका अन्य सम्पूर्ण सेवा बन्दलाई पुःन अर्को सूचना जारी नभएसम्मका लागि निरन्तरता दिने निर्णय गरिएको हो ।

    होटलको चौंरमा दुरी कायम गरेर छरपष्ट भएर बसाईको बैठकले गत बैसाख २६ गतेदेखि जारी नगरपालिकाको सिमा नाका सिललाई पनि निरन्तरता दिने निर्णय गरेको छ ।

    बैठकले आउँदै गरेको देवाली, साकेला जस्ता भिडभाड भेला भएर मनाइने चाडबाडलाई औपचारिकताका लागि मात्र मनाउन, नेपाल सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले जारी गरेको स्वास्थ्य सुरक्षा सम्वन्धी मापदण्डलाई कडाईका साथ पालना गर्ने/गराउने निर्णय गरेको छ ।

    हलेसीमा संक्रमितको सदगद गर्ने विधि र स्थान निर्धारण

    हलेसी तुवाचुङ नगरपालिकाले कोभिड–१९ को संक्रमणबाट संक्रमितको मृत्यु भएको अवस्थामा सदगद गर्ने स्थान निर्धारण गरेको छ ।

    नोबेल कोरोना भाइरस (कोभिड १९) रोकथाम तथा नियन्त्रण नगस्तरिय समन्वय समितिका संयोजक एवं मेयर इवन राईको अध्यक्षतामा आइतबार हलेसीमा बसेको बैठकले होमआइसोलेसन वा नगरपालिकाले बनाएको संस्थागत आइसोलेसनमा संक्रमितको मृत्यु भएको अवस्थामा अपनाइने सदगत विधि र सदगद गर्ने स्थानका बारेमा छुट्टा–छुट्टै व्यवस्था गर्ने निर्णय गरेको हो ।

    होमआइसोलेसनमा संक्रमितको मृत्यु भएको अवस्थामा आफन्तको इच्छा अनुसार स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गरेर सदगद गर्न अनुमति दिने तर नगरपालिकाले बनाएको संस्थागत आइसोलेसनमा संक्रमितको मृत्यु भएको हकमा भने नेपाली सेनाको सहयोगमा घाटमा लगेर जलाउने वा पाखामा पुरेर सदगद गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको मेयर राईले बताए ।

    घाटमा लगेर जलाउने संस्कार भएका संक्रमितको शव दुधकोसी किनारको महादेवबेँसीमा लगेर जलाइने र जमिनमा गाड्ने संस्कार भएका संक्रमितको शव भने हलेसीको तिल्केचौंरमा पुर्‍याएर सदगद गर्ने टुंगो लगाइएको छ ।

    ‘संक्रमणको बेला सदगद सम्वन्धी समस्या आउन सक्छ । त्यही भएर होम आइसोलेसनमा संक्रमितको मृत्यु भए भने आफन्तको इच्छा अनुसार स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर दाहसंस्कार गर्न दिइन्छ,’ मेयर राईले भने, ‘यदि नगरपालिकाले बनाएको आइसोलेसन सेन्टरमा संक्रमितको मृत्यु भएमा संस्कार अनुसार घाटमा लगेर जलाउने वा पाखामा गाड्नेगरी स्थान निर्धारण गरिएको छ ।’

    सम्बन्धित समाचार