Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    चीनबाट १८ हजार अक्सिजन सिलिण्डर नेपाल आईपुगे

    चीनबाट १८ हजार अक्सिजन सिलिण्डर नेपाल आईपुगे


    • आइतवार, जेठ २ २०७८

    • नेपाल वाइड


    चीनबाट १८ हजार अक्सिजन सिलिण्डर नेपाल आईपुगे
    फायल तस्बिर

    काठमाडौँ । सरकारले चीनबाट १८ हजार खाली अक्सिजनका सिलिन्डर नेपाल पुर्‍याएको छ । स्थलमार्ग हुँदै आज १८ हजार सिलिन्डर नेपाल आइपुगेका हुन् ।

    उपप्रधानमन्त्री तथा कोभिड-१९ सङ्क्रमण व्यवस्था केन्द्रका संयोजक ईश्‍वर पोखरेलका प्रेस सल्लाहकार गणेश पाण्डेले १८ हजार सिलिन्डर तातोपानी नाकामा आइपुगेको जानकारी दिए ।

    उहाँका अनुसार तातोपानी नाकामा सिलिन्डर चीन सरकारले हस्तान्तरण गरेपछि काठमाडौँ ल्याइनेछ । सिलिन्डरको अभाव हुन थालेपछि सरकारले चीन सरकारबाट अनुदानमा २० हजार खाली सिलिन्डर ल्याएको हो ।

    यसअघि ४०० सिलिन्डर नेपाल वायुसेवा निगमको वाइडबडी विमानबाट ल्याइएको थियो । अठार हजार आइसकेपछि बाँकी एक हजार ६०० सिलिन्डर पनि जहाजबाट ल्याउने तयारी भइरहेको छ ।

    यस्तै आजै चीनबाट ५५० अक्सिजन सिलिन्डर नेपाल वायुसेवा निगमको वाईड बडी विमानले ल्याउँदैछ । शनिबार सिलिन्डर ल्याउनका लागि जहाज चीन गएको थियो ।

    शनिबार मात्र ओमानबाट गैरआवासीय नेपाली स‌ंघको सहयोगमा ५६० खाली सिलिन्डर आएको थियो । कोभिड-१९ का सङ्क्रमितको उपचारका लागि अक्सिजन सिलिन्डरको अभाव हुन थालेपछि सरकारले विभिन्‍न मुलुकबाट सिलिन्डर ल्याउन थालेको हो । रासस

    सम्बन्धित समाचार