Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    विवाह भोज खाएपछि कोरोना संक्रमण, एकैघरका तीनजनाको मृत्यु

    विवाह भोज खाएपछि कोरोना संक्रमण, एकैघरका तीनजनाको मृत्यु


    • शुक्रवार, बैशाख ३१ २०७८

    • नेपाल वाइड


    विवाह भोज खाएपछि कोरोना संक्रमण, एकैघरका तीनजनाको मृत्यु
    फायल तस्बिर

    बागलुङ । बागलुङको बडिगाड गाउँपालिका–४ मा एकैघरका तीनजनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । उनीहरूको एक हप्ताभित्रै मृत्यु भएको हो । बडिगाड–४ को जलजलामा दुई हप्ताअघि विवाह भोज खाएकाहरू नै संक्रमित भएका थिए ।

    मृत्यु हुनेमा पनि विवाह भोजमा गएका नै रहेको स्थानीयवासीले बताएका छन् । स्वास्थ्य कार्यालयका अनुसार मृत्यु हुनेमा एकैघरका ८७ वर्षीय बाबु, ५१ वर्षीय र ४० वर्षीय दुई छोरा रहेका छन् ।

    उनीहरूमध्ये ८७ वर्षीय बाबु र ४० वर्षीय छोराको धवलागिरि अस्पताल बागलुङ र ५१ वर्षीय छोराको मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए ।

    एक हप्ताअघि हेलिकोप्टरबाट पोखरा उपचारका लागि लगिएका बडिगाडकै अर्का ४० वर्षीय एक पुरुषको पनि मृत्यु भएको छ । यस घटनापछि बडिगाडमा सन्त्रास छाएको छ । अधिकांश मानिस डराएका छन् ।

    गाउँपालिकाको स्वास्थ्य शाखाले कम्तीमा १५ दिन घरभित्रै बसिदिन आग्रह गरेको छ । जिल्ला प्रशासनले भने जेठ १५ गतेसम्मका लागि बागलुङ जिल्लाभर निषेधाज्ञा लगाएको छ । रासस

    सम्बन्धित समाचार