Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङमा १५ जनालाई संक्रमण पूष्टी, संक्रमितको संख्या ९२ पुग्यो

    खोटाङमा १५ जनालाई संक्रमण पूष्टी, संक्रमितको संख्या ९२ पुग्यो

    रावाबेँसी १ कुभिन्डेका एकै गाउँका पाँच जनालाई संक्रमण पूष्टी भएपछि २५ जनाको नमूना परीक्षणमा पठाइए

    • बिहिवार, बैशाख ३० २०७८

    • नेपाल वाइड


    खोटाङमा १५ जनालाई संक्रमण पूष्टी, संक्रमितको संख्या ९२ पुग्यो
    खोटाङ

    खोटाङ । बैसाख ३०, खोटाङमा एकै दिन १५ जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । बिहिबार गरिएको एन्टीजेन परिक्षणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ११ जना, हलेसी तुवाचुङ नगरपालिकामा २ जना, ऐसेलुखर्क गाउँपालिकामा १ जना र जन्तेढुंगा गाउँपालिकामा १ जनालाई कोरोना संक्रमण पूष्टी भएको हो ।

    यसँगै जिल्लामा सक्रिया संक्रमितको संख्या ९२ पुगेको स्वास्थ्य कार्यालय खोटाङका जनस्वास्थ्य अधिकृत एवं कोभिड फोकल पर्सन आनन्द लामीछानेले बताए ।

    हाल दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ४४ जना, हलेसी तुवाचुङ नगरपालिकामा १५ जना, साकेला गाउँपालिकामा १२ जना, ऐसेलुखर्क गाउँपालिकामा ८ जना, रावाबेँसीमा ५ जना, खोटेहाङ गाउँपालिकामा ५ जना र जन्तेढुंगा गाउँपालिकामा ३ जना सक्रिया संक्रमित छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका एक जना संक्रमित निको भएर डिस्चार्ज भइसकेका छन् ।

    संक्रमितमध्ये ८३ जना होमआइसोलेसनमा र ९ जना स्वास्थ्य संस्थामा सामान्य उपचारमा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका दुई संक्रमितलाई श्वास प्रश्वासमा समस्या भएपछि अक्सिजन दिनका लागि आइसोलेसनमा राखिएको मेयर इवन राईले बताए ।

    रावाबेँसीबाट २५ जनाको नमूना परीक्षणमा पठाइए

    यस्तै, रावाबेँसी गाउँपालिका–१ कुभिन्डेका एकै गाउँका पाँच जनालाई संक्रमण पूष्टी भएपछि २५ जनाको स्वाव संकलन गरेर परीक्षणमा पठाइएको छ । 

    बुधबार गरिएको एन्टीजेन परिक्षणमा ६ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जनालाई संक्रमण पूष्टी भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका २५ जनाको पिसिआर परीक्षणका लागि नमूना संकलन गरेर बिहिबार बिराट नगर पठाइएको हो ।

    कुभिन्डेमा इटहरीबाट गाउँ आएका व्यक्तिबाट संक्रमण फैलिएको अनुमान गरिएको गाउँपालिका अध्यक्ष लिलानाथ निरौलाले बताए । एन्टीजेन किट सकिएकाले स्वाव संकलन गरेर पिसिआर परीक्षणमा पठाइएको हो । पाँच जना संक्रमितलाई होम आइसोलेसनमा राखिएको छ ।

    दिनानुदिन कोभिड–१९ बाट संक्रमित फेला पर्न थालेपछि जिल्लाको रावाबेँसी गाउँपालिका, हलेसी तुवाचुङ नगरपालिका र साकेला गाउँपालिकाले सिमा नाका सिल गरिसकेको छ । संक्रमितसँगको कन्ट्याक्ट ट्रेसिङ गर्दै पिसिआर तथा एन्टीजेन परिक्षणको दायरा बढाउने हो भने संक्रमितको संख्या अरु बढ्ने अनुमान गरिएको छ ।

    जिल्लाका स्थानीय सरकार र जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)ले स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै ‘बाँच्ने र बचाउने’ अभियानमा साथ दिन नागरिकलाई आग्रह गरिरहेको छ ।

    सम्बन्धित समाचार