Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    एमालेका प्रमुख सचेतक भट्टराईमार्फत जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई चार लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण

    एमालेका प्रमुख सचेतक भट्टराईमार्फत जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई चार लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण


    • बुधवार, बैशाख २९ २०७८

    • नेपाल वाइड


    एमालेका प्रमुख सचेतक भट्टराईमार्फत जिल्ला स्वास्थ्य कार्यालय खोटाङलाई चार लाख बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण
    स्वास्थ्य कार्यालयका निमित्त प्रमुख छबि आचार्यलाई स्वास्थ्य सामग्री हस्तान्तरण गर्दै एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य बिशाल भट्टराई ।

    खोटाङ । बैसाख ३०, कोभिड–१९ को दोश्रो लहरको महामारीलाई लक्ष्यित गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट स्वास्थ्य कार्यालय खोटाङमा करिब चार लाखको स्वास्थ्य सामग्री ल्याइएको छ ।

    स्वास्थ्य मन्त्रालयबाट एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य बिशाल भट्टराईमार्फत कोभिड–१९ को रोकथाम तथा न्यूनीकरणका क्रममा उपयोग हुने ३ लाख ९९ हजार ८३३ मूल्यको स्वास्थ्य सामग्री ल्याइएको हो ।

    आफ्नो जिल्लाका लागि केही दिनअघि स्वास्थ्य मन्त्रालय पुगेर मास्कदेखि अक्सिजन सिलिण्डर लगायतका स्वास्थ्य सामग्री बुझेका एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य भट्टराईले बुधबार स्वास्थ्य सामग्री दिक्तेल ल्याएर स्वास्थ्य कार्यालयका निमित्त प्रमुख छबि आचार्यलाई हस्तान्तरण गरेका छन् ।

    स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा औजार उपकरण स्टोरबाट २ लाख २२ हजार १८७ रुपैयाँको १० थान इन्फ्रारेड थर्मोमिटर, १० थान पल्स अक्सिमिटर स्पट चेक, २ थान अक्सिजन कन्सन्ट्रेटर, २ थान अक्सिजन सिलिण्डर र सानो साईजको ५ थान अक्सिजन सिलिण्डर ल्याइएको छ ।

    यस्तै, स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखाबाट १ लाख ५५ हजार ५१५ रुपैयाँको दुई सय सेट एन्टीजेन किट र एक हजार आठ सय पिस भिटिएम ल्याइएको एमालेका प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य भट्टराईले बताए ।

    स्वास्थ्य कार्यालयका अनुसार स्वास्थ्य सेवा विभागबाट २२ हजार १३१ रुपैयाँ बराबरको २ हजार थान सर्जिकल मास्क, एक सय थान गाउन, एक सय थान एम ९५ मास्क, पाँच सय एमएलको १० बोत्तल सेनीटाइजर र एक सय जोर पञ्जा आइपुगेको छ ।

    संकटको समयमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पुगेर जिल्लाका लागि स्वास्थ्य सामग्री ल्याउन पहल गरेको भन्दै सामाजिक सञ्जालमा प्रमुख सचेतक एवं प्रतिनिधिसभा सदस्य भट्टराईको प्रशंसा भइरहेको छ ।

     

    सम्बन्धित समाचार