Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल डिस्चार्ज हुँदै

    पूर्वप्रधानमन्त्री झलनाथ खनाल डिस्चार्ज हुँदै


    • मंगलवार, बैशाख २८ २०७८

    • नेपाल वाइड


    पूर्वप्रधानमन्त्री झलनाथ खनाल डिस्चार्ज हुँदै
    फायल तस्बिर

    काठमाण्डौ । कोरोना भाइरसको संक्रमणपछि अस्पताल भर्ना भएका नेकपा (एमाले)का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल डिस्चार्ज हुन लागेका छन् । स्वाब परीक्षण गर्दा नेगेटिभ आएको र स्वास्थ्यमा सुधार आएकाले डिस्चार्ज गर्न लागिएको नर्भिक इन्टरनेशनल अस्पतालका कर्पोरेट कम्युनिकेसन एन्ड पीआर प्रमुख सोमनाथ बास्तोलाले बताए ।

    संक्रमण देखिएपछि उनी १८ वैशाखमा नर्भिक अस्पताल भर्ना भएका थिए ।  उनलाई अक्सिजनको सपोर्टमा उपचार गरिएको थियो । प्लाज्मा थेरापि बिधिबाट पनि उपचार गरिएको बास्तोलाले बताए । 

    पूर्वप्रधानमन्त्री खनालको चिकित्सकहरू डा. जेपी जैसवाल र डा. बी श्रीवास्तवको नेतृत्वको टोलीले उपचार गरेको थियो । चिकित्सकहरूको सल्लाह अनुसार नै डिस्चार्ज गर्न लागिएको बास्तोलाले बताए । 

    सम्बन्धित समाचार