Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    विवाह भोजमा सहभागी २५ जनामा एकैसाथ कोरोना पुष्टि

    विवाह भोजमा सहभागी २५ जनामा एकैसाथ कोरोना पुष्टि


    • शुक्रवार, बैशाख २४ २०७८

    • नेपाल वाइड


    विवाह भोजमा सहभागी २५ जनामा  एकैसाथ कोरोना पुष्टि
    प्रतिकात्मक तस्बिर

    गलकोट । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–४ जलजलाका २५ जनामा शुक्रबार एकैसाथ कोरोना पुष्टि भएको छ । उनीहरू सबै विवाह भोजमा सहभागी रहेको पाइएको छ ।

    सङ्क्रमति भएका अधिकांश केही दिनअगाडि सोही गाउँमा भएको एक विवाह समारोहमा सहभागी भएका थिए । गाउँमा कोरोना सङ्क्रमणको शङ्कास्पद बिरामी बढ्न थालेपछि गाउँपालिकाले पीसीआर परीक्षण गरेको थियो ।

    बिहीबार गाउँका २९ जनाको स्वाब परीक्षण गरिएकामा शुक्रबार २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । उक्त विवाहमा करिब ४०० सहभागी भएको स्थानीयवासीको भनाइ छ ।

    विवाहमा सहभागी भएका ८७ वर्षीय वृद्धाको बिहीबार धौलागिरि अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । उनकाे मृत्युपछि गाउँमा थप त्रास फैलिएको छ । रासस

    सम्बन्धित समाचार