Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा ७९१ संक्रमित थपिए

    प्रदेश १ मा ७९१ संक्रमित थपिए


    • बिहिवार, बैशाख २३ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा ७९१ संक्रमित थपिए
    प्रतिकात्मक तस्बिर

    विराटनगर । वैशाख २३, प्रदेश १ मा आज ७९१ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३३७, झापामा १७८, सुनसरीमा १४५, ताप्लेजुङमा ४९, संखुवासभामा १४, इलाममा ११, उदयपुरमा ८, तेर्‍हथुममा ५, धनकुटा र पाँचथरमा २–२, भोजपुरमा १ र प्रदेश १ बाहिर ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मोरङको विराटनगरमा ११७ महिला र १६६ पुरुष सहित २८३, बुढीगंगामा १३, सुन्दरहरैचामा ९, बेलबारीमा ७, रंगेलीमा ६, कटहरीमा ५, केराबारीमा ३, धनपालथान, रतुवामाई र पथरीशनिश्चरेमा २–२, मिक्लाजुङ, ग्रामथान, उर्लाबारी, सुनबर्षी र स्थानीय तह नखुलेका १–१, सुनसरीको धरानमा ५९, इटहरीमा ४३, देवानगञ्ज र दुहवीमा ९–९, बराहक्षेत्रमा ६, इनरुवा र कोशी गाउँपालिकामा ५–५, गढीमा ३, बर्जु र रामधुनीमा २–२, हरिनगर र भोक्राहानरसिंहमा १–१, झापाको दमकमा ५८, कमल गाउँपालिकामा २२, विर्तामोडमा २०, मेचीनगरमा १९, गौरीगञ्जमा १७, भद्रपुर र कनकाईमा १२–१२, शिवसताक्षीमा ६, बुद्धशान्ति र अर्जुनधारामा ४–४, गौरदहमा २, झापा गाउँपालिका र स्थानीय तह नखुलेका १, ताप्लेजुङको फुङलिङमा ४९ जनामा संक्रमण देखिएको छ ।

    त्यसैगरि उदयपुरको त्रियुगामा ४, उदयपुरगढीमा २, कटारी र बेलकामा १–१ , संखुवासभाको चैनपुरमा ७, खाँदबारीमा ५, मादी र स्थानीय तह नखुलेका १–१, इलाममा ८, चुलाचुलीमा २ र रोङमा १, तेर्‍हथुमको म्याङलुङमा ५, धनकुटाको छथर र शहिदभूमीमा १– १, पाँचथरको मिक्लाजुङ र फाल्गुनन्दमा १–१, भोजपुरमा १ र प्रदेश १ बाहिरका ३९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३५ हजार ९२० पुगेको छ । संक्रमित भएका मध्ये ३० हजार ११३ संक्रमणमुक्त भएका छन् । सक्रिय संक्रमितको संख्या ५ हजार २७० पुगेको छ । प्रदेश १ मा आज १ हजार ७५१ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३३० महिला र ४६१ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार