Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता

    नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता


    • बुधवार, बैशाख २२ २०७८

    • नेपाल वाइड


    नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौँ । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको पत्र संसद सचिवालयलाई बुझाएको छ ।

    मंगलबार बसेको स्थायी समिति बैठकको निर्णयअनुसार माओवादीले बुधबार संघीय संसद सचिवालयलाई समर्थन फिर्ता लिइएको जानकारी गराएको हो । पार्टी बैठकले गरेको निर्णय अनुसार केपी ओली नेतृत्वको सरकारलाई समर्थन नरहेको जानकारी पत्र संसद सचिवालयमा बुझाएको माओवादीका मुख्य सचेतक देव गुरुङले जानकारी दिए ।

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गरेको पत्रमा आजकै मितिबाट लागु हुनेगरी समर्थन फिर्ता लिइएको उल्लेख छ । माओवादी केन्द्रले समर्थन फिर्ता लिएसँगै सरकार अल्पमतमा परेको छ ।

    प्रतिनिधिसभामा माओवादी केन्द्रका ५० सांसद छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादीले सर्मथन फिर्ता लिनुअघि नै वैशाख २७ मा विश्वासको मत लिने निर्णय गरेका छन् ।

    माओवादी केन्द्रले बुझाएको पत्र 

    सम्बन्धित समाचार