Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप दुई जनालाई कोरोना संक्रमण पूष्टी

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप दुई जनालाई कोरोना संक्रमण पूष्टी

    गाउँघरमै बस्ने दम्पत्तीलाई कोरोना संक्रमण

    • मंगलवार, बैशाख २१ २०७८

    • नेपाल वाइड


    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप दुई जनालाई कोरोना संक्रमण पूष्टी
    दिक्तेल बजार:तस्बिर सौजन्य

    खोटाङ । बैसाख २१, खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा थप दुई जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । ज्वरोको समस्या भएपछि तीन दिनअघि जिल्ला अस्पतालमा भर्ना भएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–४ खाल्लेका एक दम्पत्तीलाई कोरोना संक्रमण पूष्टी भएको हो ।

    औषधि दिँदा पनि ज्वरोको मात्रा नघटेपछि मंगलबार गरिएको एन्टीजेन परिक्षणमा दम्पत्तीलाई कोरोना संक्रमण पूष्टी भएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट डा. बैभव मल्लिकले बताए । श्रीमान बिरामी भएपछि कुरुवाकारुपमा आएकी श्रीमतीलाई पनि कोभिड–१९ को संक्रमण देखिएको हो ।

    लक्षणका आधारमा शंका लागेपछि एन्टीजेन परिक्षण गर्दा कोभिड–१९ को संक्रमण भएको पूष्टी भएको डा. मल्लिकले बताए । दम्पत्ती हालसम्म गाउँबाट कतै नगएको र ट्राभल हिस्ट्री समेत नहुनुले कोरोनाको महामारी गाउँ–गाउँमा पुगेको संकेत गरेको छ । ‘औषधि दिँदा पनि ज्वरो घटेन । थकान महसुस भइरहेको समस्या देखियो,’ डा. मल्लिकले भने, ‘लक्षणका आधारमा शंका लागेपछि चेक गर्दा कोभिड–१९ भएको पूष्टी भएको हो ।’

    यससँगै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा कोरोना संक्रमितको संख्या चार पुगेको छ । मंगलबार गरिएको एन्टीजेन परिक्षणमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गुरुङ थरका एक जना पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको थियो ।

    जिल्ला अस्पताल खोटाङमा चार जनाको एन्टीजेन परिक्षण गर्दा दुई जनालाई कोभिड–१९ पुष्टी भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । संक्रमण पूष्टी भएका दुबै पुरुषलाई होम आइसोलेसनमा राखिएको छ ।
    पाण्डे थरका पुरुष भने केही समयअघि आफन्तको विवाहमा भारत पुगेर फर्किएको जनाइएको छ ।

    गुरुङ भने मेयर रिजालकै चालक हुन् । दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य व्यक्तीको पनि एन्टीजेन परिक्षण गर्ने तयारी गरिएको मेयर रिजालले बताए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको निर्णय अनुसार मंगलबारदेखि जिल्ला अस्पतालमा एन्टीजेन परिक्षण सुरु गरिएको हो । सोमबार साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको थियो ।

    सम्बन्धित समाचार