Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    कोरोना कहर

    साकेलाका दुई संक्रमितलाई आइसोलेसन सेन्टरमा पुर्‍याइए

    साकेलाका दुई संक्रमितलाई आइसोलेसन सेन्टरमा पुर्‍याइए


    • मंगलवार, बैशाख २१ २०७८

    • नेपाल वाइड


    साकेलाका दुई संक्रमितलाई आइसोलेसन सेन्टरमा पुर्‍याइए
    साकेला गाउँपालिका

    खोटाङ । बैसाख २१, खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई संक्रमितलाई आइसोलेसन सेन्टरमा पुर्‍याइएको छ । सोमबार मात्र कोभिड–१९ बाट संक्रमण भएको पूष्टी भएका ५३ वर्षका खत्री थरका र २० वर्षका रोका थरका पुरुषलाई मंगलबार साकेला गाउँपालिका–२ रतन्छास्थित अस्थायी कोभिड अस्पतालको आइसोलेसन सेन्टरमा लगिएको हो ।

    संक्रमितलाई स्वास्थ्यकर्मीको साथमा हिँडाएर आइसोलेसन सेन्टरमा पुर्‍याइएको साकेला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रबिन मगरले बताए । गाउँपालिकाभित्रका २६ जनाको पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेर शनिबार प्रादेशिक जनस्वास्थ्य कार्यालय बिराटनगर पठाएकामा दुई जनाको पोजिटिभ रिपोर्ट आएको हो ।

    काठ्माण्डौंमा अध्ययनरत रोका बैसाख १५ गते र खत्री चितवनबाट बैसाख १६ गते घर आएका हुन् । संक्रमित दुई जनालाई कम्तीमा दुई हप्तासम्म पालिकाको आइसोलेसन सेन्टरमा राखिने छ । पिसिआर परिक्षण रिपोर्ट नेगेटिभ आएपछि उनीहरु घर फर्कन पाउने छन् । हाल उनीहरुको स्वास्थ्य अवस्था भने सामान्य रहेको छ ।

    संक्रमित फेला परेसँगै बाँझेच्यानडाँडालाई सिल गरिएको छ । संक्रमितसँगको कन्ट्याक्ट ट्रोसिङमा परेका व्यक्तीको पिसिआर परिक्षणको रिपोर्ट नआएसम्मका लागि वडालाई सिल गरिएको प्रमुख प्रशासकीय अधिकृत मगरले बताए ।

    कोरोना संक्रमित फेला परेसँगै वडाको क्षेत्रभित्र प्रवेश गर्न र वडा क्षेत्रभन्दा बाहिर जान रोक लगाइएको छ । यस्तै, वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सेवा पनि बन्द गरिएको छ ।

    सम्बन्धित समाचार