Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरका २ जनामा कोरोना संक्रमण पूष्टी

    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरका २ जनामा कोरोना संक्रमण पूष्टी


    • मंगलवार, बैशाख २१ २०७८

    • नेपाल वाइड


    खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरका २ जनामा कोरोना संक्रमण पूष्टी
    दिक्तेल बजार:तस्बिर सौजन्य

    खोटाङ । बैसाख २१, खोटाङमा थप दुई जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गुरुङ थरका एक जना पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको हो ।

    मंगलबार जिल्ला अस्पताल खोटाङमा चार जनाको एन्टीजेन परिक्षण गर्दा दुई जनालाई कोभिड–१९ पुष्टी भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । संक्रमण पूष्टी भएका दुबै पुरुषलाई होम आइसोलेसनमा राखिएको छ ।

    पाण्डे थरका पुरुष भने केही समयअघि आफन्तको विवाहमा भारत पुगेर फर्किएको जनाइएको छ । गुरुङ भने पेशाले चालक हुन् । दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य व्यक्तीको पनि एन्टीजेन परिक्षण गर्ने तयारी गरिएको मेयर रिजालले बताए ।

    जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको निर्णय अनुसार मंगलबारदेखि जिल्ला अस्पतालमा एन्टीजेन परिक्षण सुरु गरिएको हो । सोमबार साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका दुई पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको थियो ।

    सम्बन्धित समाचार