Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    नगरले भन्यो–‘अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कनु’

    नगरले भन्यो–‘अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कनु’


    • बिहिवार, बैशाख १६ २०७८

    • नेपाल वाइड


    नगरले भन्यो–‘अत्यावश्यक काममा  बाहेक घर बाहिर ननिस्कनु’
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ । बैसाख १६, कोभिड–१९ को महामारीलाई लक्षित गर्दै खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले अत्यावश्यक काममा बाहेक घर बाहिर ननिस्कन आग्रह गरेको छ ।

    नगरपालिकामा कोभिड–१९ को दोश्रो लहरको संक्रमण बढ्न सक्ने खतरा देखिएको अवस्थामा उच्च स्वास्थ्य सतर्कता अपनाउनुपर्ने भएकाले कोभिड–१९ संक्रमण रोकथाम तथा न्यूनीकरणका लागि पालिका स्तरिय सरोकारवालाको बिहिबारको बसेको बैठकले अर्को सूचना जारी नभएसम्मका लागि औषधि उपचारजस्ता अत्यावश्यक काममा बाहेक कोही पनि घरबाट बाहिर ननिस्कन आग्रह गरेको हो ।

    अत्यावश्यक सेवाका लागि बाहिर निस्कनु परेमा जनस्वास्थ्यका मापदण्ड अपनाइ उच्च स्वास्थ्य सुरक्षा सतर्कता अपनाउन अनुरोध गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बिहिबार जारी गरेको विज्ञाप्तीमा नगरपालिकाभित्र अत्यावश्यक सेवाहरु मात्र खुला गरी अन्य सबै किसिमका सेवा तथा व्यवसायलाई अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न भनिएको छ ।

    नगरपालिकाले अत्यावश्यक सेवा प्रवाह गर्ने कार्यालयहरु बाहेक नगरभित्रका सम्पूर्ण सरकारी, गैर–सरकारी, संस्थागत, बैंक तथा वित्तीय संस्था लगायतका कार्यालय अर्को सूचना जारी नभएसम्मका लागि बन्द गर्न भनेको छ ।

    यस्तै, अन्य स्थान र शहरबाट नगरपालिकाभित्र आउने स्थानीयलाई बाहिर हिँडडुल नगरी अनिवार्य १५ दिन होम क्वारेन्टिनमा बस्ने व्यवस्था मिलाउन, होम क्वारेन्टिनमा बसे/नबसेको छरछिमेकीबाट निगरानी गर्ने र होम क्वारेन्टिन उल्लंघन गरेको पाइएमा नगरको संस्थागत क्वारेन्टिनमा लगेर १५ दिन राख्ने विज्ञाप्तीमा उल्लेख छ ।

    सम्बन्धित समाचार