Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    प्रदेश १ मा २०२ जना कोरोना संक्रमित थपिए

    प्रदेश १ मा २०२ जना कोरोना संक्रमित थपिए


    • सोमवार, बैशाख १३ २०७८

    • नेपाल वाइड


    प्रदेश १ मा २०२ जना कोरोना संक्रमित थपिए
    प्रतिकात्मक तस्बिर

    विराटनगर । वैशाख १३, प्रदेश १ मा आज २०२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ११४,झापामा ३७ , सुनसरीमा ३३ ताप्लेजुङमा २, संखुवासभा, उदयपुर, पाँचथर र इलाममा १–१ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    मोरंगको विराटनगरमा ३५ महिला र ५५ पुरुष गरि ९० जना, बुढीगंगामा ८, कटहरीमा ४, रंगेलीमा ३, लेटाङ र बेलबारीमा २–२, केराबारी, सुन्दरहरैचा, धनपालथान, उर्लाबारी र ग्रामथानमा १–१, सुनसरीको इटहरीमा १४, धरानमा १३, इनरुवामा ४, गढी र स्थानीय तह नखुलेको १–१, झापाको दमकमा १५, गौरीगञ्जमा ६, मेचीनगर र विर्तामोडमा ४–४, अर्जुनधारा र कनकाईमा ३–३, शिवसताक्षी र कमलगाउँपालिकामा १–१, ताप्लेजुङको सिदिङ्वा र फुङलिङमा १–१, संखुवासभाको धर्मदेवीमा १, उदयपुरको चौदण्डीगढीमा १, पाँचथरमा १ , इलाममा १ र प्रदेश १ बाहिरका १२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

    प्रदेश १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ६४६ फुगेको छ । संक्रमित मध्ये २९ हजार ९५९ जना संत्रमणमुक्त झएका छन् । सक्रिय संत्रमितको संख्या १ हजार २०५ पुगेको छ । प्रदेश १ मा आज ७४७ जनाको पीसीआर परीक्षण गर्दा ७६ महिला र १२६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

     

    सम्बन्धित समाचार