Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    खोटाङका थप एक जनालाई कोरोना संक्रमण पूष्टी

    खोटाङका थप एक जनालाई कोरोना संक्रमण पूष्टी


    • आइतवार, बैशाख १२ २०७८

    • नेपाल वाइड


    खोटाङका थप एक जनालाई कोरोना संक्रमण पूष्टी
    प्रतिकात्मक तस्बिर

    खोटाङ । बैसाख १२, खोटाङका थप एक जनालाई कोभिड–१९ को संक्रमण पूष्टी भएको छ । प्रदेश १ मा आइतबार १२२ जनालाई कोरोना संक्रमण पूष्टी हुँदा खोटेहाङ गाउँपालिकाका अर्का एक जनालाई संक्रमण पूष्टी भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । संक्रमितको नाम र ठेगाना खुलाइएको छैन ।

    खोटेहाङ गाउँपालिका ठेगाना भइ हाल तराईमा बसोबास गरिरहेका व्यक्तीलाई कोरोना संक्रमण भएको पूष्टी अनुमान गरिएको छ । गत बैसाख ७ गते पनि जिल्ला बाहिर बसोबास गरिरहेका खोटेहाङ गाउँपालिकाका एक जनालाई कोरोना संक्रमण भएको पूष्टी भएको थियो ।

    आइतबार पीसीआर परिक्षण गर्दा प्रदेश नम्बर १ का मोरङमा ८४ जना, सुनसरीमा १५ जना, झापामा ५ जना, संखुवासभामा ४ जना, धनकुटा, इलाम, पाँचथर र ताप्लेजुङमा १/१ जना र प्रदेश बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नम्बर १ मा कोरोना संक्रमितको संख्या ३१ हजार ४४४ पुगेको छ । संक्रमित मध्ये २९ हजार ९५४ जना संक्रमणमुक्त भएका छन् । १ हजार १० जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित समाचार