आइतवार, बैशाख १२ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख १२, खोटाङको खोटेहाङ गाउँपालिकामा चौथो अध्यक्ष कप अन्तर वडास्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगीताको सुरु गरिएको छ । खोटेहाङ गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आइतबारदेखि चौथो अध्यक्ष कप अन्तर वडास्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगीता सुरु गरिएको हो ।
आगामी बैसाख १५ गतेसम्म सञ्चालन हुने प्रतियोगीता भगवती दिनानाथ मावि खोटाङबजारको प्रांगणमा गाउँपालिकाका अध्यक्ष प्रदीप राईले उद्घाटन गरेका छन् । बैसाख १५ गते पर्ने गाउँपालिकाको वार्षिकोत्सवको आयोजना गरिएको चौथो अध्यक्ष कप अन्तर वडास्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगीतामा पुरुषतर्फ खोटाङ, ओखलढुंगा, उदयपुर र भोजपुरका गरी २३ टिम र महिलातर्फ ८ टिमको सहभागीता रहेको छ ।
प्रतियोगीतामा प्रथम, दोश्रो तथा दुई वटा सेमीफाइनलिष्ट टिमलाई क्रमशः १ लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छ । यस्तै, अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट लिफ्टर र उत्कृष्ट स्पाइकरले जनही ५/५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिकाले जनाएको छ ।
चौथो अध्यक्ष कप भलिबल प्रतियोगीता उद्घाटन कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष कविता राई, प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराई, राजनैतिक दलका प्रतिनिधि, शैक्षिक संस्थाका प्रमुख लगायतको उपस्थिति रहेको थियो ।