Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    प्रेस संगठनको अध्यक्षमा राई

    प्रेस संगठनको अध्यक्षमा राई


    • शुक्रवार, बैशाख १० २०७८

    • नेपाल वाइड


    प्रेस संगठनको अध्यक्षमा राई
    प्रेस संगठन नेपाल खोटाङका नवनिर्वाचित कमिटिको साथमा नेकपा माओबादी केन्द्रका नेतालगायत

    खोटाङ । बैसाख १०, नेकपा (माओवादी केन्द्र) निकट प्रेस संगठन नेपाल खोटाङको अध्यक्षमा रामधन राई चयन भएका छन् । संगठनको बिहिबार सम्पन्न पाँचौं भेलाबाट राई अध्यक्षमा चयन भएका हुन् । चार कार्यकाल प्रेस संगठनको नेतृत्व सम्हालेका सुर्य तामाङले जिम्मेवारीबाट बिदा लिएपछि प्रेस संगठनको उपाध्यक्ष रहेका राईलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

    हाम्रो खोटाङ डटकमका प्रधान सम्पादक रहेका अध्यक्ष राई नेपाल टेलिभिजन, नेपाल समाचारपत्र र बिएफबिएस गोर्खा रेडियोमा आवद्ध छन् । प्रेस संगठनको २५ सदस्यीय जिल्ला कमिटिको उपाध्यक्षमा अशल चरित्र, सचिवमा सविना परियार, सह–सचिवमा कोशीकुमार राई र कोषाध्यक्षमा प्रमिला परियार चयन भएका छन् ।

    जिल्लाका १० स्थानीय तहबाट दुई÷दुई जनाको प्रतिनिधित्व गराएर नयाँ कार्यसमिति बनाइएको प्रेस संगठनले जनाएको छ । उजुर राई, डम्बरसिं राई, भीम राई, सुर्य तामाङ र गंगाबहादुर विश्वकर्मा संगठनको सल्लाहकार चयन भएका छन् । नवनिर्वाचित अध्यक्ष राईले पत्रकारको पेशागत हकहित र व्यवसायीक पत्रकारिताको विकासमा डटेर लाग्ने प्रतिवद्धता जनाएका छन् ।

    नवनिर्वाचित पदाधिकारीलाई प्रेस संगठनका केन्द्रीय सदस्य भीम राईले पद तथा गोपनियताको शपथ ग्रहण गराएका थिए । जिल्ला समन्वय समितिको सभाहलमा आयोजित भेलामा नेकपा (माओवादी केन्द्र)का केन्द्रीय सदस्य एवं संविधानसभा सदस्य दुर्गाजयन्ती राई, जिल्ला अध्यक्ष देवान किराँती ‘पृथ्वी’, जिल्ला सचिवालय सदस्य होमकाजी आचार्य ‘विनोद’, सदस्यहरु बम बानियाँ, लक्ष्मीकुमार राई लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार