Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    खोटेहाङमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगीताको तयारी

    खोटेहाङमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगीताको तयारी


    • बुधवार, बैशाख ८ २०७८

    • नेपाल वाइड


    खोटेहाङमा चौथो अध्यक्ष कप भलिबल प्रतियोगीताको तयारी
    खोटेहाङ गाउँपालिकाको कार्यालय

    खोटाङ । बैसाख ७, खोटाङको खोटेहाङ गाउँपालिकामा चौथो अध्यक्ष कप अन्तर वडास्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगीताको तयारी गरिएको छ । खोटेहाङ गाउँपालिकाको चौथो वार्षिक उत्सवको अवसरमा आगामी बैसाख १२ गतेदेखि १५ गतेसम्म चौथो अध्यक्ष कप अन्तर वडास्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगीता सञ्चालन गर्ने तयारी गरिएको हो ।

    बैसाख १५ गते पर्ने गाउँपालिका स्थापनाको अवसरमा आयोजना हुने पुरुष तथा महिला भलिबल प्रतियोगीतामा प्रथम, दोश्रो तथा दुई वटा सेमीफाइनलिष्ट टिमलाई क्रमशः १ लाख ११ हजार १११, ६६ हजार ६६६ र ३३ हजार ३३३ का साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने छन् ।

    यस्तै, अनुशासित टिम, उत्कृष्ट खेलाडी, उत्कृष्ट लिफ्टर र उत्कृष्ट स्पाइकरले जनही ५÷५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउने गाउँपालिका अध्यक्ष प्रदीप राईले बताए । अध्यक्ष कप अन्तर वडास्तरिय खुला पुरुष तथा महिला भलिबल प्रतियोगीतामा सहभागी हुन इच्छुक टिमले सम्वन्धित वडाको सिफारिस तथा सम्वन्धित वडाको स्थायी ठेगाना खुल्ने फोटो सहितको परिचयपत्र पेश गर्नुपर्ने गाउँपालिकाले जनाएको छ ।

     

    सम्बन्धित समाचार