Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थव्यवसाय

    अटो चालकहरुलाई ग्लोबल आइएमई बैंकको क्यूआर कोड

    अटो चालकहरुलाई ग्लोबल आइएमई बैंकको क्यूआर कोड


    • मंगलवार, बैशाख ७ २०७८

    • नेपाल वाइड


    अटो चालकहरुलाई ग्लोबल आइएमई बैंकको क्यूआर कोड
    चालकहरूलाई क्यूआर कोड बितरण गर्र्दै कार्यालय प्रमुख सुभाष सापकोटा

    गाईघाट । बैशाख ७, ग्लोबल आइएमई बैंक गाईघाट शाखाले सीटी सफारी यातायात प्रालिबाट सञ्चालित अटो रिक्सा चालकहरूलाई क्यूआर कोड बितरण गरेको छ । बैंकले वित्तीय कारोबारमा सहजीकरण प्रदान गर्ने उद्देश्यले त्रियुगा नगरपालिका क्षेत्रमा रहेका विभिन्न १५० भन्दा बढी व्यवसायीहरुलाई क्यूआर हस्तान्तरण गरेको हो ।

    मंगलबार बैंकको गाईघाट शाखा कार्यालय परिसरमा आयोजित एक कार्यक्रमबीच बैंकको प्रदेश नं. १ का प्रादेशिक कार्यालय प्रमुख सुभाष सापकोटाले अटो रिक्सा चालकहरुलाई क्यूआर कोड वितरण गरेका हुन् । क्यूआर कोड वितरण कार्यक्रममा बोल्दै ग्लोबल आइएमई बैंक गाईघाट शाखा प्रबन्धक रबिनराज दाहालले क्यूआर कोडले छिटो, छरितो र सरल ढङ्गबाट नगद रहित कारोबार गर्नमा सहयोग गर्ने बताउनुभयो ।

    उहाँले क्यूआर कोडको प्रयोगले वस्तु तथा सेवाको खरिद गर्दा नगद बोक्नुपर्ने र बैंकमा समय बिताउनुपर्ने झन्झटबाट मुक्त हुने, कारोबारको सुरक्षा हुनका साथै कोभिड–१९ को संक्रमणको जोखिम न्युनीकरण हुने बताउनुभयो ।

    शाखाले कालिका सप्लायर्स, इन्फोटेक सप्लायर्स, सगरमाथा डिपार्टमेन्ट स्टोर्स, प्रियंका केक उद्योग, डि.एन्. फेन्सी, शुभ लक्ष्मी अटो सेन्टर, पकंज सप्लायर्स, सुमित्रा अटो वर्क्स, एस.के. पेट्रोल पम्प, रियाज सप्लायर्स एण्ड ट्रेडर्स, सगरमाथा आयल डिपो, कृष्ण ट्रेडर्स, अनुसुर्या हार्डवयर्स, परासर ई. ट्रेडर्स, प्रियंका जनरल स्टोर्सलगायत अन्य थुप्रै व्यवसायीक संस्थाहरुलाई क्यूआर कोड हस्तान्तरण गरिसकेको ग्लोबल आइएमई बैंक गाईघाट शाखाले जनाएको छ ।

    20210420_114114_compress67.jpg

    ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर गरी सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्‍याउने उद्देश्यले ७ वटै प्रदेश तथा ७६ जिल्लामा बैंकको २७३ शाखा, २४२ एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८०० सेवा केन्द्रबाट २२ लाख भन्दा बढि ग्राहकलाई सेवा फ्रदान गरिरहेको छ ।

    त्यसैगरी बैंकले संयुक्त राज्य अमेरिका, संयुत्त अधिराज्य, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरेबिया, कतार, युएई, बहराइन, कुवेत, भारत, जोर्डन, हङकङ लगायतका मुलुकबाट रेमिट्यान्स भिर्‍याउँदै देशको अर्थ व्यवस्थामा महत्वपूर्ण योगदान पुर्‍याउँदै आइरहेको छ ।

    सम्बन्धित समाचार