Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचाल्यो

    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचाल्यो

    पाँच स्थानीय तहको सहभागीता शून्य

    • सोमवार, बैशाख ६ २०७८

    • नेपाल वाइड


    राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचाल्यो
    राष्ट्रपति रनिङ शिल्डका विजेतालाई शिल्ड प्रदान गर्दै प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा लगायत । 

    खोटाङ । बैसाख ६, खोटाङमा आयोजित १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताको प्रथम उपाधि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले उचालेको छ । सोमबार सम्पन्न राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा २२ स्वर्ण, ११ रजत र ९ कास्य पदक सहित दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले प्रथम स्थान ओगटेको हो ।

    दिक्तेलको माटिकोरे खेलमैदानमा आयोजित प्रतियोगीतामा ९ स्वर्ण, ९ रजत र ६ कास्य पदक जित्दै हलेसी तुवाचुङ नगरपालिकाले दोश्रो स्थान प्राप्त गरेको छ । यस्तै, ४ स्वर्ण, ४ रजत र १ कास्य पदक सहित ऐसेलुखर्क गाउँपालिकाले तेश्रो स्थान प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।

    प्रतियोगीताका विजेता टिमलाई प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्मा, जिल्ला समन्वय समितिका सदस्य चर्चबहादुर बिश्वकर्मा र नेपाल पत्रकार महासंघका अध्यक्ष दिलीप खत्रीले शिल्ड, मेडल र प्रमाण–पत्र प्रदान गरेका छन् । जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीताबाटै प्रदेश स्तरिय प्रतियोगीतामा सहभागी हुने खेलाडी छनौट गरिएको छ ।

    केही समयपछि हुने प्रदेशस्तरिय प्रतियोगीताका लागि जिल्लाबाट ४ जना अफिसियल सहित ८८ जना सहभागी हुने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ । प्रतियोगीता बैसाख ४ गते उद्घाटन गरिएको थियो ।

    पाँच स्थानीय तहको सहभागीता शून्य

    खोटाङका १० स्थानीय तहमध्ये राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिकाका खेलाडीको मात्र सहभागीता रहेको थियो । प्रतियोगीतामा केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिकाको सहभागीता नभएको जिल्ला खेलकुद विकास समितिले जनाएको छ । खोटेहाङ गाउँपालिकाले पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड आयोजना गरेको भएपनि जिल्ला स्तरिय प्रतिष्पर्धामा खेलाडी पठाएनन् ।

    यस्तै, साकेला गाउँपालिकाले पनि पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड गरे तर जिल्ला छनौट प्रतियोगीतामा खेलाडी सहभागी गराउन नसकेको बताइएको छ । साकेलामा आयोजित राष्ट्रपति रनिङ शिल्डमा दौड प्रतियोगीताका सहभागीमाथि हातपात भएपछि खेल बिवादित बनेको थियो ।

     

    सम्बन्धित समाचार