Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    स्काउटको भूमिका महत्वपूर्ण : मन्त्री राई

    स्काउटको भूमिका महत्वपूर्ण : मन्त्री राई


    • सोमवार, बैशाख ६ २०७८

    • नेपाल वाइड


    स्काउटको भूमिका महत्वपूर्ण : मन्त्री राई
    दीक्षान्त समारोहमा मन्तब्य राख्नुहुदै सामाजिक विकास मन्त्री उषाकला राई

    विराटनगर । वैशाख ६, प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले समाज परिवर्तनका लागि स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनु भएको छ । नेपाल स्काउट प्रदेश समितिले आयोजना गरेको दीक्षान्त समारोहलार्ई सम्बोेधन गर्नुहुदै मन्त्री राईले यस्तो बताउनुुभएको हो ।

    मन्त्री राईले प्रत्येक बालबालिकालाई स्काउट शिक्षामा जोड दिदै मर्यादित राष्ट्र बनाउने काममा स्काउटको भूमिका आवस्यक रहेकोे बताउनुभयो । प्रदेशका विद्यालयमा स्काउट शिक्षा लागू गराउनका लागि आफु प्रतिबद्ध रहेको समेत उल्लेख गर्नुभयो । मन्त्री राईले भने,‘ मानवजीवनलाई समृद्ध बनाउने काम स्काउटले गर्छ ।’ 

    Mosd 1 photo.JPG

    सामाजिक विकास मन्त्रीमा नियुक्त भएपछि नेपाल स्काउट प्रदेश समितिले आज मन्त्री राईलाई दीक्षित गरेको हो । सामाजिक विकास मन्त्रालयमा आयोजित दीक्षान्त समारोहमा मन्त्री राईलाई नेपाल स्काउट ऐन बमोजिम प्रदेश प्रमुख स्काउटका रुपमा दीक्षित गरेको हो । दीक्षान्त समारोहमा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले नेपालमा नैतिकवान नागरिक उत्पादनका लागि स्काउटले काम गरिरहेको बताए ।

    प्रदेश संयोजक रवि खनालले सिमित विद्यालयमा रहेको स्काउट अहिले ठुला मात्रामा फैलिएको बताए । उहाँलेप्रदेश १ का ५ सय बढी व्यक्तिहरुलाई स्काउट लिडरको तालिमप्रदानगरिएको जानकारी दिए ।  दीक्षान्त समारोहमा सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द बहादुर कार्की, उप सचिव अम्विका चौलागाई, स्काउटका सल्लाहकार लगायतको सहभागिता रहेको थियो ।

    सम्बन्धित समाचार