सोमवार, बैशाख ६ २०७८
नेपाल वाइड
काठमाण्डौ । बैशाख ६, सरकारले कोरोनाभाइरस (कोभिड-१९) प्रभावित शहरी क्षेत्रका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यही वैशाख मसान्तसम्म विद्यालय बन्द गरी अनलाइन कक्षा सञ्चालन गर्ने निर्णय गरेको हो ।
अनलाइन निर्देशिका तत्कालै जारी गर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए । बैठकले २५ जनाभन्दा बढी भेला हुन नपाउने गरी निर्णय पनि गरेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसअघि नै काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ।