शनिवार, बैशाख ४ २०७८
नेपाल वाइड
खोटाङ । बैसाख ४, खोटाङमा आगामी बैसाख ११ गतेदेखि जिल्ला लिग फुटबल प्रतियोगीता हुने भएको छ । यसअघि बैसाख १० गते (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगीता उद्घाटन गर्ने फिक्चर सार्वजनिक गरेको आयोजक जिल्ला फुटबल संघले उद्घाटन मिति एक दिनपछि सारेको हो । जिल्ला लिग ठीक बिहान १० बजे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले उद्घाटन गर्ने कार्यक्रम छ ।
(ए) डिभिजन लिग फुटबल प्रतियोगीता बैसाख ११ गतेदेखि १५ गतेसम्म र (बि) डिभिजन लिग फुटबल प्रतियोगीता बैसाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने जिल्ला फुटबल संघका प्रवक्ता सनम राई (जोजो)ले जानकारी दिए । यसपल्टको (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा राजाबासस्थित यलम्बर खेलमैदानमा सञ्चालन हुने जिल्ला फुटबल संघले जनाएको छ ।
जिल्ला फुटबल संघका अनुसार (ए) डिभिजन अन्तरगत बैसाख ११ गते बिहान ११ बजे खोटाङ फुटबल एकेडेमी र बाक्सिला फुटबल क्लवबिच, दिउँसो १ बजे सोल्मा स्पोर्टस् क्लव र खारम्बु स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे खोटाङ भगवती स्पोर्टस् क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबिच खेल हुने छ ।
यस्तै, बैसाख १२ गते बिहान ११ बजे बाक्सिला फुटबल क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबिचमा, दिउँसो १ बजे खारम्बु स्पोर्टस् क्लव र खोटाङ भगवती स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे खोटाङ फुटबल एकेडेमी र सोल्मा स्पोर्टस् क्लवबिचमा खेल हुने फुटबल संघका प्रवक्ता राईले जानकारी दिए ।
बैसाख १३ गते बिहान ११ बजे खोटाङ भगवती स्पोर्टस् क्लव र सोल्मा स्पोर्टस् क्लवबिच, दिउँसो १ बजे खोटाङ फुटबल एकेडेमी र हलेसी तुवाचुङ फुटबल क्लवबिचमा तथा दिउँसो ३ बजे बाक्सिला फुटबल क्लव र खारम्बु स्पोर्टंस् क्लवबिचमा प्रतिष्पर्धा हुने निर्धारित तालिकामा उल्लेख छ ।
यस्तै, बैसाख १४ गते बिहान ११ बजे खोटाङ फुटबल एकेडेमी र खोटाङ भगवती स्पोर्टस् क्लवबिच, दिउँसो १ बजे बाक्सिला फुटबल क्लव र सोल्मा स्पोर्टस् क्लव तथा दिउँसो ३ बजे हलेसी तुवाचुङ फुटबल क्लव र खारम्बु स्पोर्टस् क्लवबिच खेल हुने छ ।
बैसाख १५ गते बिहान ११ बजे सोल्मा स्पोर्टस् क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबिच, दिउँसो १ बजे खोटाङ फुटबल एकेडेमी र खारम्बु स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे बाक्सिला फुटबल क्लव र खोटाङ भगवती फुटबल क्लवबिच खेल हुने संघले जनाएको छ ।
(बि) डिभिजन अन्तरगत बैसाख १६ गते दिउँसो १ बजे जन्तेढुंगा फुटबल क्लव र बुईपा एलाभेन स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे नुनथला फुटबल क्लव र नमूना स्पोर्टस् क्लवबिचमा प्रतिष्पर्धा हुने छ । यस्तै, बैसाख १७ गते बुईपा एलाभेन स्पोर्टस् क्लव र नमूना स्पोर्टस् क्लवबिच तथा जन्तेढुंगा फुटबल क्लव र नुनथला फुटबल क्लवबिच खेल हुने छ ।
बैसाख १८ गते जन्तेढुंगा फुटबल क्लव र नमूना स्पोर्टस् क्लवबिच तथा बुईपा एलाभेन स्पोर्टस् क्लव र नमूना फुटबल क्लवबिचमा खेल हुने फुटबल संघले जनाएको छ । प्रतियोगीताका लागि बुईपास्थित यलम्बर खेलमैदान तयारी अवस्थामा राखिएको छ । शुक्रबार बुईपाका वडाध्यक्ष दिनेस राई, जिल्ला फुटबल संघका अध्यक्ष ध्रुबबिक्रम राई, बुईपा इलाभेन स्पोर्टस् क्लवका पदाधिकारी लगायतको टोलीले खेलमैदान अवलोकन गरेका छन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगीता सुरु भएको हो । २०७६ सालको लिगमा प्राप्त गरेको अंकको आधारमा जिल्लाका ६ वटा टिम (ए) डिभिजनमा र ४ वटा टिम (बि) डिभिजनमा परेको हो ।
(ए) डिभिजन लिगका विजेता टिमले प्रदेश स्तरिय लिगमा प्रतिष्पर्धा गर्न पाउने जिल्ला फुटबल संघका अध्यक्ष राईले बताए । एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपल्ट २०७६ सालमा जिल्ला लिग फुटबल प्रतियोगीता गरेको थियो । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको हो ।