Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राष्ट्रपति रनिङ शिल्ड

    खोटाङमा १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु

    खोटाङमा १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु

    पाँच स्थानीय तहका खेलाडी अनुपस्थित

    • शनिवार, बैशाख ४ २०७८

    • नेपाल वाइड


    खोटाङमा १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु
    राष्ट्रपति रनिङ शिल्डका रेफ्रीलाई खेल सामग्री हस्तान्तरण गर्दै जिल्ला समन्वय समिति प्रमुख बबी चाम्लिङ, मेयर दिपनारायण रिजाल लगायत ।

    खोटाङ । बैसाख ४, खोटाङमा १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु भएको छ । जिल्ला स्तरिय उत्कृष्ट टिम छनौटदेखि प्रदेश स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा सहभागी हुने खेलाडी छनौट गर्नेगरी जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता सुरु गरिएको हो । जिल्ला खेलकुद बिकास समितिको आयोजनामा सुरु भएको प्रतियोगीता शुक्रबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपरानायण रिजालले उद्घाटन गरेका छन् ।

    दिक्तेलको माटिकोरे खेलमैदानमा आगामी बैसाख ५ गतेसम्म सञ्चालन हुने प्रतियोगीतामा छात्र/छात्रा भलिबलमा ५/५ टिम, तेक्वान्दोमा ३ टिम र कबड्डीमा २ टिमबिचमा प्रतिष्पर्धा हुने छ । यस्तै, एथ्लेटिक्सतर्फ ११ इभेन्टको खेल हुने जिल्ला खेलकुद बिकास समितिका प्रमुख लिलाभक्त केसीले बताए ।

    प्रदेश स्तरिय प्रतियोगीतामा सहभागी हुने सितोरियो करातेका खेलाडी भने यसअघि नै छनौट गरिसकिएको छ । प्रदेश स्तरिय प्रतियोगीतामा जिल्लाबाट ४ जना अफिसियल सहित ८८ जना सहभागी हुने जिल्ला खेलकुद बिकास समितिले जनाएको छ ।

    पाँच स्थानीय तहका खेलाडी अनुपस्थित

    खोटाङमा १० स्थानीय तह भए पनि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीतामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका, ऐसेलुखर्क गाउँपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका र रावाबेँसी गाउँपालिकाका खेलाडीको मात्र सहभागीता रहेको छ ।

    प्रतियोगीतामा केपिलासगढी गाउँपालिका, खोटेहाङ गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, बराहपोखरी गाउँपालिका र साकेला गाउँपालिकाको सहभागीता नभएको आयोजक जिल्ला खेलकुद विकास समितिले जनाएको छ । खोटेहाङ गाउँपालिकाले पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड आयोजना गरेको भएपनि जिल्ला स्तरिय प्रतिष्पर्धामा खेलाडी पठाएनन् ।

    यस्तै, साकेला गाउँपालिकाले पनि पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड गरे तर जिल्ला छनौट प्रतियोगीतामा खेलाडी सहभागी गराउन नसकेको आयोजकले जनाएको छ । साकेलामा आयोजित राष्ट्रपति रनिङ शिल्डमा दौड प्रतियोगीताका सहभागीमाथि हातपात भएपछि खेल बिवादित बनेको थियो । जिल्ला स्तरिय राष्ट्रपति रनिङ शिल्डमा खेलाडी नपठाएकामा उद्घाटन कार्यक्रममा स्थानीय तहको आलोचना भएको छ ।

    खेलकुद कार्यक्रममा दलकै बेवास्ता

    जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा मेयर रिजाल, एमालेका नेता कमल ढकाल, जसपाका उपाध्यक्ष पिके खम्बू, राप्रपाका अध्यक्ष जीवन श्रेष्ठ लगायतले बोलेका थिए । वक्ताले खेलकुदको विकासमा अझै पनि सरकारको नजर नपुगेको टिप्पणी गरेका छन् ।

    विद्यालय स्तरका खेलाडी मात्र सहभागी हुने राष्ट्रपति रनिङ शिल्ड उद्घाटन कार्यक्रममा कांग्रेस र माओबादी केन्द्रका प्रतिनिधिको उपस्थिति थिएन । राष्ट्रपति रनिङ शिल्ड उद्घाटन कार्यक्रममा शुभद्रा मदन फाउण्डेसनका तेक्वान्दोका विद्यार्थीले खेलकला प्रदर्शन गरेका थिए ।

    सम्बन्धित समाचार