शुक्रवार, बैशाख ३ २०७८
नेपाल वाइड
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तीनबुँदे निर्देशन जारी गर्दै विद्यालय सञ्चालन गर्न भनेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा आज बसेको बैठकले गत चैत ३० गते सरोकारवालाहरुसँगको अन्तरक्रियाबाट प्राप्त सुझावहरु समेतका आधारमा मन्त्रालयमा वस्तुस्थितिको समीक्षा गर्दै सरकारबाट अर्को निर्णय वा निर्देशन नभए सम्मका लागि तीन बुँदे निर्देशन जारी गरेको हो ।
मन्त्रालयले विद्यार्थी वा कर्मचारी कोरोनाभाइरस संक्रमित भएमा स्थानीय स्वास्थ्य संस्थासँग समन्वय गरी आइसोलेसनमा राख्न निर्देशन दिएको छ । यस्तै, विद्यालयमा अनिवार्य मास्क, स्यानिटाइजर प्रयोग गर्ने, साबुन–पानीले हात धुने र ज्वरो नाप्नु पर्नेछ ।
सबै प्रकारको शिक्षण संस्था सञ्चालन गर्दा भिडभाड नहुने गरी विद्यार्थीको संख्या एवम् संस्थाको मौजुदा पूर्वाधार एवम् संस्था रहेको स्थान विशेषको संक्रमणको अवस्था समेतलाई विचार गरी स्थानीय तहसँग समन्वय एवम् परामर्श गरी आलोपालो सिफ्ट या उपयुक्त मोडालिटी अपनाई दैनिक पठनपाठन सञ्चालन गर्न निर्देशन दिइएको छ ।