Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    फुटबल

    जिल्ला लिगको फिक्स्चर सार्वजनिक

    जिल्ला लिगको फिक्स्चर सार्वजनिक


    • मंगलवार, चैत्र ३१ २०७७

    • नेपाल वाइड


    जिल्ला लिगको फिक्स्चर सार्वजनिक
    फायल तस्बिर ।

    खोटाङ । चैत ३१, खोटाङमा आगामी बैसाख १० गतेदेखि सञ्चालन हुने जिल्ला लिग फुटबल प्रतियोगीताको निर्धारित तालिका सार्वजनिक गरिएको छ । आयोजक जिल्ला फुटबल संघको दिक्तेलस्थित कार्यालयमा सोमबार बसेको बैठकले जिल्ला लिग फुटबल प्रतियोगीता अन्तरगत हुने (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगीताको निर्धारित तालिका सार्वजनिक गरेको हो ।

    (ए) डिभिजन लिग फुटबल प्रतियोगीता बैसाख ११ गतेदेखि १५ गतेसम्म र (बि) डिभिजन लिग फुटबल प्रतियोगीता बैसाख १६ गतेदेखि १८ गतेसम्म सञ्चालन हुने जिल्ला फुटबल संघका सदस्य सनम राई (जोजो)ले जानकारी दिए ।

    यसपल्टको (ए) र (बि) डिभिजन लिग फुटबल प्रतियोगीता दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा राजावासस्थित यलम्बर खेलमैदानमा सञ्चालन हुने जिल्ला फुटबल संघले जनाएको छ । जिल्ला लिग बैसाख १० गते उद्घाटन भए पनि प्रतियोगीता भने दोश्रो दिनदेखि मात्र सञ्चालन हुने सदस्य राईले जानकारी दिए ।

    जिल्ला फुटबल संघका अनुसार (ए) डिभिजन अन्तरगत बैसाख ११ गते बिहान ११ बजे खोटाङ फुटबल एकेडेमी र बाक्सिला फुटबल क्लवबिच, दिउँसो १ बजे सोल्मा स्पोर्टस् क्लव र खारम्बु स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे खोटाङ भगवती स्पोर्टस् क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबिच खेल हुने छ ।

    यस्तै, बैसाख १२ गते बिहान ११ बजे बाक्सिला फुटबल क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबिचमा, दिउँसो १ बजे खारम्बु स्पोर्टस् क्लव र खोटाङ भगवती स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे खोटाङ फुटबल एकेडेमी र सोल्मा स्पोर्टस् क्लवबिचमा खेल हुने जिल्ला फुटबल संघका सदस्य राईले जानकारी दिए ।

    बैसाख १३ गते बिहान ११ बजे खोटाङ भगवती स्पोर्टस् क्लव र सोल्मा स्पोर्टस् क्लवबिच, दिउँसो १ बजे खोटाङ फुटबल एकेडेमी र हलेसी तुवाचुङ फुटबल क्लवबिचमा तथा दिउँसो ३ बजे बाक्सिला फुटबल क्लव र खारम्बु स्पोर्टंस् क्लवबिचमा प्रतिष्पर्धा हुने निर्धारित तालिकामा उल्लेख छ ।

    यस्तै, बैसाख १४ गते बिहान ११ बजे खोटाङ फुटबल एकेडेमी र खोटाङ भगवती स्पोर्टस् क्लवबिच, दिउँसो १ बजे बाक्सिला फुटबल क्लव र सोल्मा स्पोर्टस् क्लव तथा दिउँसो ३ बजे हलेसी तुवाचुङ फुटबल क्लव र खारम्बु स्पोर्टस् क्लवबिच खेल हुने छ ।

    बैसाख १५ गते बिहान ११ बजे सोल्मा स्पोर्टस् क्लव र हलेसी तुवाचुङ फुटबल क्लवबिच, दिउँसो १ बजे खोटाङ फुटबल एकेडेमी र खारम्बु स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे बाक्सिला फुटबल क्लव र खोटाङ भगवती फुटबल क्लवबिच खेल हुने संघले जनाएको छ ।

    (बि) डिभिजन अन्तरगत बैसाख १६ गते दिउँसो १ बजे जन्तेढुंगा फुटबल क्लव र बुईपा एलाभेल स्पोर्टस् क्लवबिच तथा दिउँसो ३ बजे नुनथला फुटबल क्लव र नमूना स्पोर्टस् क्लवबिचमा प्रतिष्पर्धा हुने छ । यस्तै, बैसाख १७ गते बुईपा एलाभेन स्पोर्टस् क्लव र नमूना स्पोर्टस् क्लवबिच तथा जन्तेढुंगा फुटबल क्लव र नुनथला फुटबल क्लवबिच खेल हुने छ ।

    बैसाख १८ गते जन्तेढुंगा फुटबल क्लव र नमूना स्पोर्टस् क्लवबिच तथा बुईपा एलाभेन स्पोर्टस् क्लव र नमूना फुटबल क्लवबिचमा खेल हुने फुटबल संघले जनाएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)को सदस्यस्ता प्राप्त भएसँगै खोटाङमा २०७६ सालदेखि जिल्ला लिग फुटबल प्रतियोगीता सुरु भएको हो ।

    २०७६ सालको लिगमा प्राप्त गरेको अंकको आधारमा जिल्लाका ६ वटा टिम (ए) डिभिजनमा र ४ वटा टिम (बि) डिभिजनमा परेको हो । (ए) डिभिजन लिगका विजेता टिमले प्रदेश स्तरिय लिगमा प्रतिष्पर्धा गर्न पाउने जिल्ला फुटबल संघका अध्यक्ष ध्रुबबिक्रम राईले बताए ।

    एन्फाको सदस्यता प्राप्त गरेसँगै जिल्ला फुटबल संघले जिल्लाकै इतिहासमा पहिलोपल्ट २०७६ सालमा जिल्ला लिग फुटबल प्रतियोगीता गरेको थियो । २०५९ सालदेखि एन्फाको सदस्यता लिन प्रयास गरेको खोटाङलाई २०७५ सालमा अस्थायी र २०७७ सालमा स्थायी सदस्यता प्राप्त भएको हो ।

    सम्बन्धित समाचार