सोमवार, चैत्र ३० २०७७
नेपाल वाइड
विराटनगर । चैत ३०, प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पताललाई तयारी अवस्थामा राखिएको बताउनु भएको छ । प्रदेश १ मा कोरोना संक्रमण बढ्दै गएपछि कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रलाई तयारी अवस्थामा राखिएको उहाँले बताउनुभयो ।
आईतबार विहान कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रको अनुगमनगर्दै उहाँले तत्कालका लागि १८० वेड तयारी अवस्थामा रहेको बताउनुभयो । आवस्यकता अनुसार जिल्ला स्तरमा पनि कोभिड मन्त्री राईले सीमानाकामा आवस्यक सर्तकता अपनाउनका लागि निर्देशन दिईएको समेत बताउनु भयो ।
कोभिड अस्पतालमा उपचारको प्रवन्ध गर्न उहाँले निर्देशन दिनुभयो । मन्त्री राईले भने, ‘कतैबाट गुनासो आउनु भएन ।’ सामाजिक विकास मन्त्रालयका सचिव गोविन्द कार्कीले संक्रमणको दर बढेको बताए । चैत २० पछिको १० दिनको अवधिको संक्रमण दर बढेको उहाँले जानकारी दिए ।
सचिवकार्कीले भने, ‘देशव्यापीमा बृद्धि भएको दरकै अनुपातमा संक्रमण बढेको छ ।’ संक्रमण दर बढेसँगै अस्पताल, आईसोलेसन केन्द्रहरुलाई तयारी अवस्थामा राखिएको मन्त्रालयका सचिव कार्कीले बताए । आवस्यकता अनुसार आईसोलेसन कोभिडको व्यवस्थापनका लागि चाँडै प्रदेश स्तरिय सीसीएमसीको बैठक तयारी भईरहेको उहाँले जानकारी दिए ।