Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    खेलकुद

    जिल्ला स्तरिय कराते प्रतियोगितामा १३ स्वर्णसहित दिक्तेल डोजो प्रथम

    जिल्ला स्तरिय कराते प्रतियोगितामा १३ स्वर्णसहित दिक्तेल डोजो प्रथम

    राष्ट्रपति रनिङ शिल्डका लागि ६ जना खेलाडी छानिए

    • सोमवार, चैत्र ३० २०७७

    • नेपाल वाइड


    जिल्ला स्तरिय कराते प्रतियोगितामा १३ स्वर्णसहित दिक्तेल डोजो प्रथम
    ट्रफी उचालेर मेयर इवन राईसँग खुसीयाली मनाउँदै सितोरियो कराते खेलाडी ।

    खोटाङ । चैत ३०, खोटाङको हलेसीमा आयोजित १२ औं जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीतामा दिक्तेल डोजो प्रथम भएका छन् । शनिबार सम्पन्न जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीतामा १३ स्वर्ण, ७ रजत र १४ कास्य पदक सहित दिक्तेल डोजो प्रथम भएको हो ।

    यस्तै, ३ स्वर्ण, ७ रजत र ५ कास्य जित्दै जालपा डोजो दोश्रो तथा १ स्वर्ण, ३ रजत र १५ कास्य पदक हात पार्दै हलेसी डोजोले तेश्रो स्थान प्राप्त गरेको छ । कुल १७ स्वर्ण, १८ रजत र ३६ कास्य पदकका लागि भएको प्रतियोगीतामा महिला कुमितेतर्फ ३० केजी तौल समुहमा स्वेच्छा राई, ३५ केजी तौल समुहमा सुसाङ तामाङ, ४० केजीमा प्रतिमा राई, ४५ केजीमा अरुणा राई, ५५ केजीमा यूमासाम राई र ६० केजी तौल समुहमा रोश्मी राईले दिक्तेललाई स्वर्ण पदक जिताएकी छन् ।

    यस्तै, पुरुष कुमितेतर्फ २० केजी तौल समुहमा अनुपम शंकर, २५ केजीमा हिमाल राई, ४० केजीमा अक्षयकुमार राई, ४५ केजीमा क्षितिज राई, ५० केजीमा सुर्यचन्द्र राई, ५५ केजीमा लेक्मुहाङ राई र ६० केजीमा प्रकाश परियारले स्वर्ण पदक जितेका छन् । जालपा डोजोका लागि कुमितेतर्फ ३५ केजी तौल समुहमा सक्षम राई, ३० केजीमा प्रवेश राई र ५० केजी तौल समुहमा डुनु राईले स्वर्ण पदक जितेकी छन् ।

    यस्तै, हलेसी डोजोका लागि २० केजी तौल समुहमा सेमिना राईले एक मात्र स्वर्ण पदक जितेको हलेसी तुवाचुङ नगरपालिकाका खेलकुद प्रशिक्षक मिलन कसजूले बताए । राष्ट्रपति रनिङ शिल्डको छनौट प्रतियोगीताकै अवशरमा जिल्ला स्तरिय सितोरियो कराते प्रतियोगीता आयोजना गरिएको हो ।

    प्रतियोगीताका विजेता टिम तथा खेलाडीलाई हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राई, उपमेयर बिमला राई, नगर खेलकुद विकास समितिका संयोजक किस्मत राई लगायतले मेडल, प्रमाण–पत्र र ट्रफी प्रदान गरेका छन् ।

    राष्ट्रपति रनिङ शिल्डका लागि ६ जना खेलाडी छानिए

    राष्ट्रपति रनिङ शिल्डको प्रदेश स्तरिय प्रतियोगीताका लागि सितोरियो करातेका ६ जना खेलाडी छनौट गरिएको छ । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता अन्तरगत हलेसीमा आयोजना गरिएको जिल्ला स्तरिय छनौट प्रतियोगीताबाट महिला कुमितेतर्फ ४० केजी तौल समुहमा हिलसाईड स्याम्पल एकेडेमी दिक्तेलका प्रतिमा राई, ४५ केजीमा हिलसाइडकै अरुणा राई र ५० केजी समुहमा जालपा माबिका डुनु राई छनौट भएकी छन् ।

    यस्तै, पुरुष कुमितेतर्फ ४२ केजी तौल समुहमा हिलसाईड स्याम्पल एकेडेमीका अक्षयकुमार राई, ४७ केजी समुहमा दिक्तेल अंग्रेजी आवासिय माबिका सुर्यचन्द्र राई र ५२ केजी समुहमा सरस्वती माबि दिक्तेलका मन्दिप अधिकारी चयन भएका छन् ।

    छनौटमा परेका खेलाडीले केही समयपछि प्रदेशमा हुने राष्ट्रपति रनिङ शिल्डमा प्रतिष्पर्धा गर्न पाउने खेलकुद संयोजक कसजूले बताए । हलेसीमा जारी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगीता चैत ३१ गतेसम्म सञ्चालन हुने छ ।

    सम्बन्धित समाचार