Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    शिक्षा

    ऐसेलुखर्क : स्थायी शिक्षकलाई क्षमता बिकास तामिल

    ऐसेलुखर्क : स्थायी शिक्षकलाई क्षमता बिकास तामिल


    • आइतवार, चैत्र २९ २०७७

    • नेपाल वाइड


    ऐसेलुखर्क : स्थायी शिक्षकलाई क्षमता बिकास तामिल
    क्षमता बिकास तालिममा सहभागी शिक्षक । तस्बिर सौजन्य : किरात नाकारा

    खोटाङ । चैत २९, खोटाङको ऐसेलुखर्क गाउँपालिकाले शिक्षक सेवा आयोग उत्तिर्ण गरेर पोष्टिङ भएका स्थायी शिक्षकलाई सहभागी गराएर क्षमता विकास तालिम आयोजना गरेको छ । आयोग उत्तिर्ण गरेर स्थायी नियुक्ती लिएर आएका नवप्रबेशी शिक्षकलाई सहभागी गराएर गाउँपालिकाले तीन दिने क्षमता विकास तालिम आयोजना गरेको हो ।

    शनिबार सुरु गरिएको तालिममा माबि र आधारभुत विद्यालयमा पोष्टिङ भएका १६ जना शिक्षकलाई सहभागी गराइएको गाउँपालिकाका शिक्षा अधिकृत बिनेशकुमार श्रेष्ठले बताए । तालिममा सहभागी शिक्षकलाई विद्यालय प्रशासन, विद्यालयको योजना, एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणाली, गाउँपालिको शिक्षा ऐन, भर्चुअल सिकाई, पाठ्यक्रम, एकीकृत पाठ्यक्र लगायतका बारेमा जानकारी दिइने गाउँपालिकाले जनाएको छ ।

    नवप्रवेशी शिक्षकलाई स्वागत गर्ने, आपसमा परिचय गराउँदै गाउँपालिकाको शिक्षा ऐनका बारेमा जानकारी दिँदै शैक्षिक गुणस्तर अभिबृद्धिमा अग्रसर गराउनका लागि क्षमता बिकास तालिम आयोजना गरिएको हो । गाउँपालिकाकै सभाहलमा आयोजना गरिएको तालिममा गत वर्ष नियुक्ती पाएका शिक्षक सहभागी छन् ।

    कोभिड–१९ का कारण रोकिएको नवप्रवेशी शिक्षकको क्षमता बिकास तालिम यस वर्ष गरेको गाउँपालिकाले जनाएको छ । केही समयअघि पनि गाउँपालिकाले शिक्षण सेवामा स्थायी नियुक्ती लिएर आएका १८ शिक्षकलाई क्षमता बिकास तालिम दिएको थियो । गुणस्तर एबं प्रविधिमैत्री शिक्षण सिकाई, शैक्षिक आचार संहिताको पालना लगायतको उद्धेश्य राखेर तालिमको आयोजना गरिएको हो ।

    गाउँपालिकाभित्रका सबै स्थायी शिक्षकलाई नै क्षमता बिकास तालिम दिने तयारी गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ निरौलाले बताए । ‘सेवा प्रवेश, शिक्षण सिकाई विधि, पाठ्क्रम सम्वन्धी जानकारी दिन तालिम आयोजना गरिएको हो,’ अध्यक्ष निरौलाले भने, ‘क्रमशः सबै स्थायी शिक्षकलाई सहभागी गराएर तालिम सञ्चालन गर्ने योजना छ ।

     

    सम्बन्धित समाचार