आइतवार, चैत्र २९ २०७७
नेपाल वाइड
खोटाङ । चैत २९, आगलागीबाट खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङका एक परिवार बिस्थापित भएका छन् । घरमा कोही नभएको अवस्थामा शुक्रबार राती करिब १ बजेको समयमा साविकको दिप्लुङ–५ निवासी प्रकाश राईको घरमा आगलागी भएको हो । आफ्नो बुवा यौन दुव्र्यवहार गरेको आरोपमा पक्राउ परेकै रात घरमा आगलागी भएको हो ।
बुवा यौन दुव्र्यवहार आरोपमा पक्राउ परेपछि सपरिवार आफन्तकोमा बास बसेको अवस्थामा प्रकाशको घरमा आगलागी भएको स्थानीय युवा नेता जगत किरातीले जानकारी दिए ।
आफन्तको घरमा बसेको रात घरमा आगलागी भएपछि घट्नालाई शंकास्पद मानिएको स्थानीयको भनाई छ । आगलागीमा घर, घरमा भएका अन्न, भाँडाकुँडा, कागजात लगायत जल्दा करिब ४ लाख बराबरको क्षती भएको अनुमान गरिएको प्रहरीले जनाएको छ । आगलागीबाट बिस्थापित ६ जनाको परिवार हाल गोठमा बसिरहेका छन् ।