Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    स्वास्थ्य

    दिक्तेलमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर

    दिक्तेलमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर


    • बिहिवार, चैत्र २६ २०७७

    • नेपाल वाइड


    दिक्तेलमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर
    निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिरमा आएका डाक्टरलाई स्वागत गर्दै जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ ।

    खोटाङ । चैत २६, आँखाका बिरामीलाई लक्ष्यीत गर्दै खोटाङको दिक्तेलमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर सुरु गरिएको छ । आँखाका विभिन्न समस्याबाट पिडित भएका बिरामीको उपचारका लागि नेपाल नेत्र ज्योती संघ खोटाङले तीन दिने निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर सुरु गरेको हो ।

    शिबिरको पहिलो दिन बिहिबार ३६८ जना आँखाका बिरामीको चेक जाँचका साथै उपचार गरिएको छ । शिबिरमा ३७ जनाको मूख्य अप्रेसन र ५ जनाको सामान्य अप्रेसन गरिएको छ । यस्तै, ४९ जना ज्येष्ठ नागरिकलाई चश्मा निःशुल्क वितरण गर्नुका साथै ३ सय जनालाई औषधि वितरण गरिएको नेपाल नेत्र ज्योती संघ खोटाङका सभापति ईन्द्र कसजूले बताए ।

    आँखाका समस्यबाट पिडित नागरिकलाई उपचार सेवा दिने लक्ष्यका साथ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको सहयोग एबं सगरमाथा चौधरी आँखा अस्पताल लहानको प्राविधिक सहयोगमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर आयोजना गरिएको नेपाल नेत्र ज्योती संघले जनाएको छ ।

    केही समयअघि मात्र रावाबेँसी गाउँपालिकाको हरम्टारमा निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर आयोजना गरेको नेत्र ज्योती संघले पुःन दिक्तेलमा सोही प्रकृतिको शिबिर सुरु गरेको हो ।

    जिल्ला समन्वय समितिका प्रमुख बबी चाम्लिङ, वडाध्यक्ष टंकप्रसाद आचार्य, ज्येष्ठ नागरिक संघका दुर्गाप्रसाद घिमिरे, जिल्ला अस्पतालका डाक्टर बैभव मल्लिक लगायतको आँखा परिक्षण गर्दै निःशुल्क आँखा जाँच तथा शल्यक्रीय शिबिर उद्घाटन गरिएको हो । ४२ औं नेत्र ज्योती दिवस तथा नेपाल पत्रकार महासंघको ६६ औं स्थापना दिवसको अवशरमा दिक्तेलमा चैत १३ गते ज्येष्ठ नागरिकको आँखा जाँच शिबिर सञ्चालन गरिएको थियो ।

    सम्बन्धित समाचार