Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    भूकम्प पिडितलाई चुलो निर्माण प्रशिक्षक प्रशिक्षण तालिम

    भूकम्प पिडितलाई चुलो निर्माण प्रशिक्षक प्रशिक्षण तालिम


    • मंगलवार, चैत्र २४ २०७७

    • नेपाल वाइड


    भूकम्प पिडितलाई चुलो निर्माण प्रशिक्षक प्रशिक्षण तालिम
    सुधारिएको चुलो निर्माण प्रशिक्षक प्रशिक्षण तालिम उद्घाटनकाक्रममा खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राई लगायत । तस्बिर सौजन्य : योगेश श्रेष्ठ

    खोटाङ । चैत २४, खोटाङको खोटेहाङ गाउँपालिकामा सुधारिएको चुलो निर्माण प्रशिक्षक प्रशिक्षण तालिम सुरु गरिएको छ । २०७२ सालको भूकम्पबाट पिडित भएका लाभग्राहीलाई सहभागी गराएर राष्ट्रिय पुःननिर्माण प्राधिकरणले चुलो निर्माण प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरेको हो ।

    प्राधिकरणको वातावरण तथा सामाजिक व्यवस्थापन योजना अन्तरगत आयोजना गरिएको ५ दिने तालिम आइतबार खोटेहाङ गाउँपालिकाका अध्यक्ष प्रदीप राईले उद्घाटन गरेका हुन् । तालिममा गाउँपालिकाका भूकम्प पिडितका २१ जना लाभग्राही सहभागी रहेको राष्ट्रिय पुःननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यन्वयन ईकाई अनुदान व्यवस्थापन तथा स्थानीय पुर्वाधार खोटाङका सूचना अधिकारी मणिराम ढकालले बताए ।

    तालिममा सहभागीले आफ्नो घर तथा अन्य भूकम्प लाभग्राहीको घरमा गरी तीन वटा चुलो बनाउनु पर्ने शर्त छ । उनीहरुलाई सुधारिएको चुल्हो निर्माणका लागि साँचो र बर्नर उपलव्ध गराइएको प्राधिकरणले जनाएको छ । वातावरणीय तथा सामाजिक व्यवस्थापन योजना अन्तरगत पालिकागतरुपमा भएको छलफल तथा अन्तरक्रीयाबाट माग भएको आधारमा सुधारिएको चुलो निर्माण प्रशिक्षक प्रशिक्षण तालिम आयोजना गरिएको हो । तालिम उद्घाटन कार्यक्रममा गाउँपालिकाका लेखापाल जिवन फुयाँल, आलेप प्रमुख योगेश श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

    यसअघि रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–६ नेर्पा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१० पाथेका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मी, साकेला गाउँपालिका–२ रतन्छा, साकेला गाउँपालिका–४ मात्तिम, साकेला गाउँपालिका–५ मात्तिम, जन्तेढुंगा गाउँपालिकामा सुधारिएको चुलो निर्माण प्रशिक्षक प्रशिक्षण तालिम सञ्चालन गरिसकिएको छ ।

    यसपछि हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडा र हलेसी तुवाचुङ नगरपालिका–२ डिकुवामा सोही प्रकृतिको तालिम सञ्चालन गरिने सूचना अधिकारी ढकालले बताए । वर्षा याम सुरु भएपछि सामुदायीक वनमा बृक्षा रोपणको कार्यक्रम सञ्चालन गर्ने तयारी गरिएको प्राधिकरणले जनाएको छ ।

    सम्बन्धित समाचार