Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    केचना टु सगरमाथा विशेष परियोजनाको अध्ययन सुरु : मूख्यामन्त्री राई

    केचना टु सगरमाथा विशेष परियोजनाको अध्ययन सुरु : मूख्यामन्त्री राई


    • आइतवार, चैत्र २२ २०७७

    • नेपाल वाइड


    केचना टु सगरमाथा विशेष परियोजनाको अध्ययन सुरु : मूख्यामन्त्री राई
    सोल्मामा कम्पोष्ट मल तथा बायोग्याँस प्लान्ट उद्घाटन गर्दै मूख्यमन्त्री शेरधन राई । तस्बिर : नेपालवाइड डटकम

    खोटाङ । चैत २२, प्रदेश नम्बर १ का मूख्यामन्त्री शेरधन राईले झापाको केचनादेखि बिश्वकै अग्लो शिखर सगरमाथा जोड्ने विशेष परियोजनाको अध्ययन सुरु गरिएको बताएका छन् । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मामा शनिबार कम्पोष्ट मल तथा बायोग्याँस प्लान्ट उद्घाटन गर्दै मूख्यमन्त्री राईले विश्वका पर्यटकलाई आकर्षित गर्नका लागि ‘केचना टु सगरमाथा’ नारा दिइएको परियोजनाको अध्ययन सुरु गरिएको जानकारी दिएका हुन् ।

    केचना–टु सगरमाथा फाष्ट ट्र्याक राष्ट्रिय गौरवको परियोजनाका रुपमा परिणत हुने मूख्यामन्त्री राईको भनाई थियो । ‘नेपालको सबैभन्दा होचो भाग केचनाबाट बिश्वकै अग्लो हिमाल सगरमाथालाई जोड्ने केचना टु सगरमाथा नारा बनाएका छौँ । त्यो फाष्ट ट्र्याकको माध्यमबाट सगरमाथा पुगेर फर्कन मिल्ने गरी परियोजनाको अध्ययन सुरु गरिएको छ,’ मुख्यमन्त्री राईले भने, ‘त्यो फाष्ट ट्र्याकका माध्यमबाट बिश्वका पर्यटकलाई आकर्षित गर्ने योजना बनाएका छौँ ।

    यसभित्र हलेसी क्षेत्रलाई कभरेज गर्ने गरी अध्ययन भइरहेको छ ।’ मूख्यामन्त्री राईले प्रदेशको नामाकरण थप अनिश्चित बनेको संकेत गरेका छन् । पाँच दलबिचमा सहमती गरेर प्रदेशको नामाकरण टुंग्याउने सहमती भएको अवस्थामा कोभिड–१९ ले असर पुर्‍याएको तथा त्यसपछि सुरु भएको प्रदेशसभा राजनैतिक चिखातानीको सिकार बन्न पुगेकाले नामाकरणको विषयमा छलफल गर्न नसकिएको मूख्यामन्त्री राईको भनाई थियो ।

    ‘प्रदेशको नामांकनको विषय सकेसम्म छिटो टुंग्याउन पथ्र्यो तर राजधानी टुंग्याउँदै गर्दा हामी पाँच दलले छलफल गरेर, सहमतीको बिन्दु खोजेर नामांकनको विषय टुंग्याउने सहमती गरेका थियौँ । त्यसपछि कोभिडको कारण नामांकनको विषयमा छलफल गर्न सकेनौँ,’ मूख्यामन्त्री राईले भने, ‘यसपल्ट प्रदेशसभा सुरु भएपछि दुई/तीन महिना राजनैतिक खिचातानीको सिकार बन्न पुग्यो ।

    चैत २३ गते प्रदेशसभा बैठक आव्हान गरिको छ । तर अहिलेको राजनैतिक कारणले प्रदेशसभामा त्यस विषयले प्रवेश पाउँछ पाउँदैन । त्यो विषय सहजढंगले टुंगिन्छ वा टुंगिन्न भन्न सकिन्न । यद्यपी पहल प्रयत्न हुने छ ।’

    मुख्यामन्त्री राईले चर्चाको विषय बनेको खुवालुङलाई आस्थाको केन्द्र र साँस्कृतिक धरोहरकोरुपमा विकास गर्ने बताएका छन् । संघीय सरकार र प्रदेश सरकारले खुवालुङ फुटाउँदैछ भनेर गलत प्रचार गरिएको भन्दै असन्तुष्टी जनाएका छन् ।

    ‘खुवालुङलाई धार्मिक तथा साँस्कृतिक केन्द्रकोरुपमा संरक्षण गरेर पर्यटक आउने हिसावले आस्थाको केन्द्र, एउटा साँस्कृतिक धरोहरकोरुपमा विकास गर्ने छौँ,’ राईले भने, ‘तर लगातार प्रदेश सरकारले खुवालुङ आज फुटाउँदै छ, भोली फुटाउँदै छ । क्रेन पुर्‍याइ सक्यो भनेर प्रचार गरेर समय खेर नफाल्न र गलत प्रचारमा नलाग्न आग्रह गर्दछु ।’ कार्यक्रममा सामाजिक बिकास मन्त्री उषाकला राई, प्रदेशसभा सांसद राजन राई लगायतले बोलेका थिए ।

    सम्बन्धित समाचार