Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङको दिप्रुङ डाँडागाउँमा डढेलोले घर जले

    खोटाङको दिप्रुङ डाँडागाउँमा डढेलोले घर जले


    • आइतवार, चैत्र २२ २०७७

    • नेपाल वाइड


    खोटाङको दिप्रुङ डाँडागाउँमा डढेलोले घर जले
    डढेलोले जलेको भविन्द्र सुन्चेउरी घर ।

    खोटाङ । चैत २२, सामुदायीक वनमा लागेको डढेलोले खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका–२ डाँडागाउँमा घर जलेको छ । स्थानीय खरुवा खोला नजिक रहेको बालुङ सामुदायीक वनमा लागेको डढेलो गाउँमा पस्दा शनिबार भविन्द्र सुन्चेउरी र नैनबहादुर बिकको घर जलेको हो ।

    ढुंगामाटोको तीन तले घर जल्दा भविन्द्रको करिब साँढे सात लाख बराबरको क्षती भएको प्रहरीचौकी याम्खाले जनाएको छ । उनको १० मुरी धान, ३ मुरी कोदो, ५ मुरी मकै, १६ पाथी दाल लगायत जलेको छ । सो आगलागीमा उनकै ढुंगामाटोको मतान र गोठ समेत जलेको स्थानीय कबिन्द्र राईले बताए ।

    भबिन्द्र ५ वर्षअघि बसाई सरेर सुनसरी गएपछि सो घरमा नैनबहादुर बस्दै आएका थिए । भविन्द्रको घरमा बस्न थालेपछि नैनबहादुरको घर भने रित्तो थियो । बस्दै आएको घर जलेपछि नैनबहादुरको ७ जनाको परिवारको विचल्नी भएको छ ।

    डढेलोले स्थानीय अजम्बर राईको खुतुम्बु पशुपालन कृषि फर्ममा लगाइएको अलैंची नष्ट भएको छ । अजम्बरको तीन रोपनी जग्गामा लगाइएको करिब १५ सय बोट अलैंची डढ्दा २ लाख बराबरको क्षती भएको अनुमान गरिएको छ ।

    यस्तै, एकराज राईको एक रोपनीमा लगाइएको ३ सय बोट अलैंची जल्दा ५० हजारको क्षती भएको छ । तिलकबहादुर राईको करिब सय बोट अलैंची जल्दा २० हजार र नविनचन्द्र राईको एक रोपनी क्षेत्रफलमा लगाइएको ५ सय बोट अलैंची जल्दा एक लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

    केही समय अघि रक्तमाला सामुदायीक वनमा लागेको डढेलोले बराहपोखरी गाउँपालिका–१ बराहपोखरी दानसिंका शिवराज आले मगरको घर जलेको थियो । यस्तै, रानी सामुदायीक वनमा लागेको डढेलोले केपिलासगढी गाउँपालिका–३ बासपानी पोखरीका पदमबहादुर खड्काको घर जलेको थियो ।

    यस्तै, सामुदायीक वनमा फैलिएको डढेलो गाउँमा पस्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्कस्थित बसेरीका तेजबिनोद ढकाल, हेमसागर ढकाल, खेमराज ढकाल र बडहरेका दुर्गाबहादुर भुजेलको घर जलेको थियो ।

     

    सम्बन्धित समाचार