Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    दिक्तेलमा एमाले नगर कमिटि गठन

    दिक्तेलमा एमाले नगर कमिटि गठन


    • शुक्रवार, चैत्र २० २०७७

    • नेपाल वाइड


    दिक्तेलमा एमाले नगर कमिटि गठन
    एमाले नगर कमिटि गठनकाक्रममा उपस्थित प्रदेश सांसद राजन राई लगायत ।

    खोटाङ । चैत २०, नेकपा एमाले भित्रको किचलो तल्लो कमिटिसम्म पुगेको छ । एमाले भित्रको आन्तरिक द्धन्द्ध चुलिँदै गएको अवस्थामा खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा (नेपाल-खनाल) पक्षका बबी चाम्लिङ अध्यक्ष रहेको एमाले जिल्ला कमिटि मातहतको नगर कमिटि गठन गरिएको छ ।

    शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा भएको बैठकले यादवसेन राईको अध्यक्षतामा ६१ सदस्यीय एमाले नगर कमिटि गठन गरेको हो । एमालेका केन्द्रिय सदस्य एबं प्रदेश सांसद राजन राईको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति खोटाङका सदस्य एवं एमाले प्रदेश कमिटि सदस्य उदयबहादुर कार्कीको विशेष आतिथ्यतामा भएको बैठकले ५ पदाधिकारी, २१ सचिवालय र ३५ सदस्य समेटिएको नगर कमिटि गठन गरेको जनाएको छ ।

    नगर कमिटिको उपाध्यक्षमा दिलबहादुर बिक, सचिवमा हरि चाम्लिङ, उप–सचिवमा टंकप्रसाद पोखेल र आर्थिक विभाग प्रमुखमा निमा शेर्पा चयन भएका छन् । जिल्ला कमिटि सचिव जलसेर राई, आर्थिक बिभाग प्रमुख राजनप्रसाद आचार्य, सचिवालय सदस्य तथा जिल्ला कमिटि सदस्यको उपस्थितिमा नगर कमिटि गठन गरिएको अध्यक्ष राईले बताए ।

     

    सम्बन्धित समाचार