Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    राजनिति

    चुनाव सकिएसँगै सुकुम्बासीको ‘इस्यू’ सकिने समस्या हल हुन्छ : अध्यक्ष ज्ञवाली

    चुनाव सकिएसँगै सुकुम्बासीको ‘इस्यू’ सकिने समस्या हल हुन्छ : अध्यक्ष ज्ञवाली


    • बिहिवार, चैत्र १९ २०७७

    • नेपाल वाइड


    चुनाव सकिएसँगै सुकुम्बासीको ‘इस्यू’ सकिने समस्या हल हुन्छ : अध्यक्ष ज्ञवाली
    दिक्तेलमा आयोजित कार्यक्रममा भूमि सम्वन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवाली लगायत । तस्बिर : नेपालवाइड डटकम

    खोटाङ । चैत १९, भूमि सम्वन्धी समस्या समाधान आयोगका अध्यक्ष देवीप्रसाद ज्ञवालीले चुनाव सकिएसँगै सुकुम्बासीको समस्या बिर्सिने समस्या हल हुन लागेको बताएका छन् । भूमि सम्वन्धी समस्या समाधान आयोगको जिल्ला समिति खोटाङले बिहिबार दिक्तेलमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष ज्ञवालीले चुनाव अगाडि सुकुम्बासीको ‘इस्यू’लाई एजेण्डा बनाउने र चुनाव सकिएपछि सुकुम्बासीको ‘इस्यू’ पनि सकिने समस्या स्थायीरुपमा हल गर्न लागिएको बताएका हुन् ।

    जिल्ला समन्वय समितिको सभाहलमा आयोजित कार्यक्रममा भूमि सम्वन्धी समस्या समाधान आयोगका अध्यक्ष ज्ञवालीले भूमि सम्वन्धी समस्य हल गर्नका लागि हालसम्म ५०४ पालिकासँग कार्य सम्पादन समझदारी पत्रमा हस्ताक्षर गरिसकिएको जानकारी दिए । ‘चुनाव आयो, सुकुम्बासीको भोट खानुपर्ने । पुर्जा दिन्छु भनेर इस्यू उठाउने, चुनाव सकिन्छ यो इस्यू पनि सकिने । विगतमा यो खालको रोग रह्यो । अवचैं यो स्थिति रहन दिन हुन्न भन्ने ढंगले संसदले ऐन/नियमावली बनायो ।

    आयोगले पनि अनेकौं कार्यविधि बनाएर यो कामलाई सम्पादन गर्नेक्रममा अघि बढेका छौँ,’ अध्यक्ष ज्ञवालीले भने, ‘१२६ पालिकामा भएका भूमिहिनको तथ्यांक संकलन सकिसकेको छ । हालसम्म १३ लाख परिवार बढिको तथ्यांक आएको छ । १५ लाख अनुमान गरेकामा करिब २१/२२ लाखको तथ्यांक आउने देखिएको छ ।’

    प्रदेश नम्बर १ का विभिन्न जिल्लाको भूमिहिनको समस्या अनुगमनकाक्रममा दिक्तेल आइपुगेका अध्यक्ष ज्ञवालीले सुकुम्बासी र अव्यवस्थित बसोबासको समस्या पहाडमा कम भए पनि तराई र भित्री मधेशमा गम्भीर र सघन रहेको बताए ।

    उनले भूमिहिनको पहिचान, सत्यपन र प्रमाणीकरणको दायित्व सम्वन्धित स्थानीय सरकारको भएको बताएका छन् । कार्यक्रम भूमि सम्वन्धी समस्या समाधान आयोगको जिल्ला समिति खोटाङका अध्यक्ष हरिकुमार पोखरेलको अध्यक्षतामा भएको थियो ।

    सम्बन्धित समाचार