Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अर्थव्यवसाय

    उद्योग बाणिज्य संघको भवन शिलान्यास

    उद्योग बाणिज्य संघको भवन शिलान्यास


    • बुधवार, चैत्र १८ २०७७

    • नेपाल वाइड


    उद्योग बाणिज्य संघको भवन शिलान्यास
    बाणिज्य संघको भवन शिलान्यास गर्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल र उपमेयर बिणादेबी राई लगायत । तस्बिर : नेपालवाइड

    खोटाङ । चैत १७, खोटाङ उद्योग बाणिज्य संघको सचिवालय भवन शिलान्यास गरिएको छ । जिल्ला अदालतभन्दा मुनि निर्माण गर्न लागिएको बाणिज्य संघको सुविधा सम्पन्न भवन मंगलबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपानारयण रिजाल र उपमेयर बिणादेबी राईले संयुक्तरुपमा शिलान्यास गरेका छन् ।

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलमा दुई रोपनी जग्गा खरिद गरेर भवन निर्माण सुरु गरिएको उद्योग बाणिज्य संघका अध्यक्ष उपिनकुमार राईले बताए । खोटाङमा बाणिज्य संघ स्थापना गरिएको झण्डै ४० वर्षपछि आफ्नै भवन निर्माणको काम सुरु गरिएको हो । करिब साँढे ३ करोडको खर्चमा आगामी तीन वर्षभित्र साँढे तीन तले भवन निर्माण गरिने बाणिज्य संघका अध्यक्ष राईले बताए ।

    भवन निर्माणका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले क्रमागत योजनाका रुपमा ३० लाख उपलव्ध गराउने बाणिज्य संघले जनाएको छ । संघको भवन निर्माणका नगरपालिकाले चालु आर्थिक वर्षकका लागि १० लाख बिनियोजन गरेको छ । भवन निर्माणकै लागि हालसम्म पाँच लाखको हाराहारीमा आर्थिक सहयोग जुटिसकेको छ भने १० लाखको हाराहारीमा सहयोगको प्रतिवद्धता जुटेको अध्यक्ष राईले बताए ।

    चालु आर्थिक वर्ष कार्यालयको कामकाज सुचारु गर्न मिल्ने गरी एक तले भवन फिनिसिङ गरिने बाणिज्य संघले जनाएको छ । २०३५ सालमा स्थापना गरिएको बाणिज्य संघले हालसम्म भाडाको घरबाट कार्यालयीय कामकाज सञ्चालन गर्दैआएको छ ।

    चुनावका बेला कतिपयको भवन निर्माण एजेण्डा बन्दै आएकामा बाणिज्य संघले विगत ४ वर्ष अघिदेखि भवन निर्माणका लागि अभियान चलाएको थियो । भवन शिलान्यास कार्यक्रममा वडाध्यक्ष टंक आचार्य, बाणिज्य संघका पुर्वअध्यक्ष राजेन्द्र लयालु, व्यवसायी लगायतको उपस्थिति रहेको थियो ।

    सम्बन्धित समाचार