सोमवार, चैत्र १६ २०७७
नेपाल वाइड
काठमडौं । त्रिदेशीय फुटबलको उपाधि नेपालले जितेको छ । सोमबार भएको फाइलन खेलमा बंगलादेशलाई हराउँदै नेपालले उपाधि जितेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा भएको खेलमा नेपालले बंगलादेशलाई २–१ गोलले हराउँदै नेपाल च्याम्पियन बनेको हो । नेपालले दुबै गोल पहिलो हाफमा गरेको थियो । नेपालले सन्जोक राईको गोलबाट अग्रता बनाएको थियो ।
खेलको १८ औं मिनेटमा नेपाका सन्जोक राईले डिबक्स नजिकको बल गोलमा परिणत गरेका थिए । उनले सुनिल बलले हानेको कर्नर किक बंगलादेशका खेलाडीमा लागेर फिर्ता आएको बलबाट उनले गोल गरेका थिए ।
यसअघि खेलको १३ औं मिनेटमा नेपालका त्रिदेव गरुङले डिबक्स भित्रको बल पोष्टमा हाने पनि आउट गएको थियो । खेलको ४१ औं मिनेटमा नेपालका लागि विशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर पारेका थिए । उनले सन्जोक राईको पासमा गोल गरेका हुन् । खेलको ८२ औं मिनेटमा बंगलादेशका महबुबुर रहमानले बंगलादेशका लागि एक गोल फर्काएका थिए ।